
मुम्बई, २८ जुलाईः म्युजिक भिडियो ‘काँटा लगा’ गीतमा अभिनय गरी अत्यधिक चर्चा र वाहवाही पाएकी अभिनेत्री एवम् मोडल सेफाली जरिवालाको ४२ वर्षको उमेरमा निधन भएको छ ।
शुक्रबार राति करिब ११.३० बजे हृदयघातका कारण यी अभिनेत्रीको मृत्यु भएको बताइएको छ । यद्यपि शेफाली जरिवालाको मृत्यु कारण आधिकारिक रूपमा भनिएको छैन ।
जानकारीका अनुसार हृदयघात भएपछि उनका पति पराग त्यागीले अभिनेत्री जरिवालालाई तत्कालै अस्पताल बेलभ्यु मल्टिस्पेस्यालिटी हस्पिटल पुऱ्याएका थिए, जहाँ डाक्टरले उ नलाई मृत घोषित गरे । शवलाई पोस्टमर्टमका लागि कुपर हस्पिटल लगिएको छ ।
मध्यराति नै पुलिस र फोरेन्सिक टिम अभिनेत्री शेफाली जरिवालाको घरमा पुगी गहन जाँच गरेको छ । यसैले यो मृत्युको मामिला शङ्कास्पद मानिँदैछ ।
बिग बोस १३ मा पनि सहभागी बनेकी शेफाली जरिवालाले २००४ मा सलमान खान, अक्षय कुमार र प्रियङ्का चोपडा मुख्य भूमिकामा रहेको फिल्म ‘मुझसे शादी करोगी’-मा अभिनय गरेकी थिइन् ।
१५ दिसम्बर १९८२ मा गुजरातको अहमदाबादमा जन्मेकी शेफाली जरिवालाले टिभी २०१४ मा एक्टर पराग त्यागीसँग विवाह गरेकी थिइन् ।