खरसाङ अस्पतालकी थप एकजना कर्मचारी कोरोना सङ्क्रमित

0
1039

खरसाङ, 28 जुलाईः खरसाङ अस्पतालकी थप एकजना कर्मचारी कोरोना सङ्क्रमित बनेकी छन्। जानकारीका अनुसार यस अस्पतालमा कार्यरत् 45 वर्षीय एक महिला कर्मचारी कोरोना सङ्क्रमित बनेकी हुन्। खरसाङका महकुमा अधिकारीले पनि यसको पुष्टि गरेका छन्।

कोरोना सङ्क्रमित पाइएका ती कर्मचारी खरसाङ नगरपालिकाको 7 नम्बर वार्डनिवासी हुन्।

खरसाङ अस्पताल सूत्रका अनुसार उनी केही दिनदेखि छुट्टीमा थिइन्। त्यसैले कसरी उनी कोरोना सङ्क्रमित बनिन्, त्यसबारे ठोस जानकारी पाइएको छैन। उनलाई उपचारका लागि आज सिलगढ़ी लगिएको छ।

उल्लेखनीय छ, हिजो पनि खरसाङ अस्पतालकी एक नर्स कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। उनलाई हिजै उपचारका लागि सिलगढ़ी लगिएको छ।

केही दिनअघि कोरोना सङ्क्रमित पाइएका यसै अस्पतालका एक कर्मचारीको सम्पर्कमा आएपछि यी नर्स पनि सङ्क्रमित बनेको बताइएको छ। अहिलेसम्म खरसाङ अस्पातलकी एकजना नर्स र दुईजना कर्मचारी गरी कुल तीनजना कोरोना सङ्क्रमित बनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here