कालेबुङका ठाउँ ठाउँमा पैह्रो, व्यापक क्षति

0
1057

कालेबुङ, 28 जुलाईः हिजो राति अविरल परेको मुसलधारे पानीले कालेबुङका ठाउँ-ठाउँमा क्षति पुऱ्याएको छ।

यो मुसलधारे पानीका कारण कालेबुङ नगरपालिकाको 23 नम्बर वार्डका दुई ठाउँमा सड़क सोहोरेर गएको पैह्रोले दुईवटा घरलाई क्षतिलाई पुऱ्याएको छ। यद्यपि ज्यानमालको कुनै नोक्सान भएको छैन।

आज बिहानै वार्ड पार्षदिका ल्हमु छिरिङ भोटियाले पैह्रोग्रस्त क्षेत्रका भ्रमण निरीक्षण गरी क्षयक्षतिबारे जानकारी लिइन्। साथै विभागलाई यसबारे जानकारी गराएकी छन्।

वार्ड पार्षदिका भोटियाका सड़कको आधा भागलाई सोहोरेर गएको यी दुईवटै पैह्रोको रोकथाम समयमै नगरिए गाउँ नै जोखिममा पर्ने आशङ्का छ।

यसैगरी राति परेको पानीका कारण गएको साना-ठूला पैह्रोले राष्ट्रिय राजमार्ग-10 , मुङ्पेल बस्ती तथा त्रिपाईदेखि महाकाल डाँड़ा जोड़्ने सड़कलाई क्षति पुऱ्याएको छ।

कालेबुङ खण्ड-1 अन्तर्गत पर्ने मुङ्पेल बस्तीमा गएको पैह्रोले त्यहाँका सात घरलाई तान्ने जोखिम बढ़ेको छ। पैह्रो स्थानीयनिवासी बुँद बहादुर सुब्बाको घरको नजिकसम्म आइपुगेको छ।

त्यसगैरी 29 माइल, सेतीझोड़ा, लेप्चा झोड़ा , मल्ली आदि क्षेत्रमा गएको साना-ठूला पैह्रोको कारण करिब 10 घण्टा राष्ट्रिय राजमार्गमा वाहनहरूको चलाचल बन्द रह्यो।

अर्कोतिर सेतीझोड़ानजिक सड़कको किनारको सुरक्षा देवल भत्केको कारण मूल सड़कलाई पैह्रोले सोहोर्ने खतरा बढ़ेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here