सिक्किममा थप 24 जना कोरोना सङ्क्रमित
गान्तोक, 28 जुलाईः दक्षिण सिक्किमको मामरिङबाट कोरोना सङ्क्रमणको मामिला प्रतिदिन प्रकाशमा आइरहेको छ।
आज पनि मामरिङका 16 जना कोरोना सङ्क्रमित पाइएको छ। आज पूर्वबाट आठवटा र दक्षिणबाट 16 वटा गरी राज्यमा कुल 24 वटा कोरोना पोजिटिभ केस थपिएको छ।
यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 579 पुगेको छ, जसमध्ये 186 जना स्वस्थ भएर अस्पतालबाट छुट्टी पाइसकेका छन्।
अहिले राज्यमा कोरोना भाइरसको एक्टिभ केस 392 रहेको छ।
स्वास्थ विभागका अनुसार आज कोरोना सङ्क्रमित पाइएका 24 जनामध्ये सिङ्तामबाट 3, मामरिङबाट 16, आईटीबीपी रे-बाट 2 जना, रङ्गेली ग्रेफबाट 2 जना रहेका छन्।
त्यसैगरी सिङ्ताम अस्पतालका लेब टेक्निसियनको पनि रिपोर्ट पनि पोजिटिभ आएको छ। अर्कोतिर, राज्यबाहिरबाट फर्केका 80 जना सबैको रिपोर्ट नेगिटिभ आएको छ।