दिल्ली, २८ जुलाईः विगतका वर्षहरू झैं यसपटक पनि दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीले शहीद दिवस पालन गऱ्यो।
नयाँ दिल्लीको वसन्त विहार क्षेत्रको वसन्त नगर अवस्थित अम्बेडकर भवनमा आयोजित कार्यक्रमको अध्यक्षता सोसाइटीकै अध्यक्षा अनु शिल्पकारले गरेकी थिइन्।
नोमी खातीद्वारा सञ्चालित कार्यक्रममा संस्थाका सदस्यहरूलगायत अन्य संस्थाका पदाधिकारीहरूका पनि उपस्थिति थियो।
यसअवसरमा पुकार गुरुङ, निशा लामा, समीरण सिम्मी राई, रोदन लामा र अन्य पनि सहभागी बनेका थिए।
कार्यक्रममा 1986 देखि 2017 सम्म छुट्टै राज्य गोर्खाल्याण्डका लागि आफ्नो प्राणको बलिदान दिने शहीदहरूका सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरियो।
कार्यक्रममा वक्ताहरूले गोर्खा शहीदहरूले दिएको बलिदान त्यसै खेरो नजाने बताएको दिल्ली गोर्खा मदर्स वेलफेयर सोसाइटीकी सञ्चार प्रभारी सुनिता राई जानकारी गराएकी छन्।