मन्त्री एनके सुब्बाद्वारा ओभरब्रीजको उद्घाटन

0
1168
तादोङ उमावि अघि निर्मित ओभरब्रीज उद्घाटन गर्दै मन्त्री एनके सुब्बा।

गान्तोक, 28 अगस्त : गान्तोकवासी तथा विशेष गरेर तादोङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूको लामो समयदेखिको समस्या समाधान भएको छ। तादोङ विद्यालयअघि राष्ट्रिय राजमार्ग 10 मा ओभरब्रीजको निर्माण कार्य पूरा भएपछि उद्घाटन गरिएको छ। शहरी विकास तथा आवास विभागीय मन्त्री एनके सुब्बाले यो पुलको मङ्गलवार उद्घाटन गरे। कार्यक्रमस्थलमा मन्त्रीको आगमन हुँदा तादोङ विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थीहरूले मन्त्रीको भव्य स्वागत गरेका थिए।
20 मिटर लामो यो पुलले राष्ट्रिय राजमार्गबाट तादोङ विद्यालयलाई जोड्दछ। पुल सँगसँगै विभागले तादोङदेखि मणिपाल अस्पताल छेउसम्म एउटा झोड़ा बाँध्ने कार्य पनि गरेको छ। दुवै कार्यमा कुल1.80 करोड़ रुपियाँ लगानी गरिएको छ। भारत सरकारको शहरी क्षेत्र विकास योजनाअमरूत’ –अन्तर्गत यी दुवै कार्य गरिएको हो। उद्घाटन कार्यक्रममा मन्त्री सुब्बालगायत विभागीय सचिव एलबी छेत्री, विभागीय अभियन्तागण र क्षेत्रकी पार्षद् गीतादेवी तिवारीको पनि उपस्थिति रहेको थियो। सोही प्रकारको पुल  6 माइलस्थित होलीक्रस विद्यालयअघि पनि निर्माण गरिने मन्त्री सुब्बाले जानकारी दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here