सोशल मीडियामा छद्म विज्ञानको खतरा

0
1294

साधारणतः आजभोलि मानिस आफ्ना शुभचिन्तक र नजिकका मानिसहरूको सुझाउलाई आँखीओझेल गर्नेगर्छन्, तर उनीहरू यसको ठीक विपरीत सोशल मीडियामा उपलब्ध ज्ञानलाई अत्यन्त गम्भीरतासँग लिन्छन्। गंभीरता से लेते हैं। धर्म, समाज, ज्ञान, विज्ञान, स्वास्थ्य आदि धेरै विषयसम्बन्धित जानकारीहरू सोशल मीडियामा आइरहन्छ। र, धेरैजसो मानिस यसको वास्तविकता थाहै नपाइ हतार हतार शेयर गर्छन्। तर के तपाईंलाई थाह छ? अञ्जानमा तपाईंले यसो गरेर कति ठूलो नोक्सान गरिरहनु भएको छ। सोशल मीडियामा धेरजसो उपलब्ध स्वास्थ्य अथवा विज्ञानसम्बन्धी जानकारी मिथ्या, भ्रामक र अवैज्ञानिक हुन्छन्, जसमाथि निर्भरताले तपाईं अथवा तपाईंका नजिकको मानिसलाई जोगिनमा पार्नसक्छ।
हालै जून महिनामा एउटा सन्देश धेरै शेयर भयो, जसमा विषुव(इक्विनोक्स) –को कारण डिहाइड्रेशन हुने र पानी ज्यादा पिउने सुझाउ दिइएको थियो। मईजूनको गरम मौसममा डिहाइड्रेशन हुने संभावना र यसलाई ध्यानमा राखेर पानी पिउनु कुनै नराम्रो कुरा होइन, तर यसको पछिल्तिर जुन अवैज्ञानिक रूपले विषुवको चर्चा गरियो, त्यो अनुचित थियो। सामान्य ज्ञानसँग अवगत भएका कुनै पनि मानिसले जान्दछन्, विषुव वर्षमा दुईपटक 20/21 मार्च र22/23 सेप्टेम्बरमा पर्छ, जूनमा सोलस्टाइस हुन्छ, तर यो सन्देशलाई सबैभन्दा अघि प्रसारित गर्ने होड़मा वास्तविक तथ्यलाई कसले देख्छ। यस्तोमा धेरैपटक घातक सन्देश चर्चामा आउँछ।
यसै मौसममा चिसो पेय पदार्थ (कोल्ड ड्रिङ्क) पिउनाले एड्स, एन्थ्रोक्स आदिजस्ता प्राण घातक बिरामी फैलिने भनिएको सन्देश पनि भाइरल हुन्छ। यस्तो सन्देश भाइरल हुनुको पछिल्तिर केही  व्यावसायिक प्रतिद्वन्द्विता रहेको हुन्छ या चिसो पेय पदार्थ, जसले अनावश्यक रूपमा मानिसहरूलाई  सावधान गराउँछ, तर यसलाई प्रचलित गर्नका लागि छद्म विज्ञानको सहारा लिनु गलत हो। यस्तै प्रकारले मधुमेह, डेङ्गू, हृदयघात सर्पदंश अथवा कुनै अन्य बिरामी आयुर्वेदिक, होम्योप्याथिक, एलोप्याथिक कुनै पनि निराकरणका खबरहरू आइरहन्छन्। यो देशमानीम हकीम, खतरे जानभन्ने उक्ति हाम्रो पम्परामा त्यसै आएको होइन। अहिले योनीमहकीमहाम्रै असावधानीवश तक्निकीको सहारा लिएर हाम्रो जीवनमा पस्न तयार छ। सतर्क बसौं, सावधान बनौं। तपाईं पनि तक्निकको सहारा लिनुहोस्। जब तपाईंको स्मार्टफोन अथवा ल्यापटप, कम्प्युटर आदि यस्ता सूचनाहरू आइपुग्छ, यिनै माध्यहरूको सहारा लिएर एकपटक यसको सत्यता जाँच गरौं। गुगलजस्ता सर्च इन्जनको सहारा लिने बानी बसालौं। इन्टरनेटको सहारा लियौं भने check4spam.com जस्त वेबसाइट्स हामी पाउँछौं, जसमा स्वास्थ्यलगायत अन्य धेरै विषयमा फैलाइने सन्देशको सत्यतासँग अवगत हुनेछौं हामी।
सम्पूर्ण विश्वमा वाट्सएपका प्रायः 150 करोड़ उपभोक्ता छन्। यसमध्ये 20 करोड़ भारतमा रहेको मानिन्छ। यसै वर्ष नयाँ वर्षको शुभकामना पठाउने बाक्लो सङ्ख्या भएकोले वाट्सएप सुस्त भएको कुरा धेरै चर्चाको विषय बनिएको थियो। वाट्सएप कीर्ते समाचारहरू (फोक न्यूज)-को सबैभन्दा ठूलो माध्यम बनेको छ। यसमा सन्देश पठाउने मूल व्यक्तिको पहिचान पनि कठिन छ। भारतमा मात्र लगभग 25 करोड़ फेसबुक उपभोक्ता छन्। यो सङ्ख्या दिनप्रतिदिन बढ़्दैछ। यस्तोमा वैज्ञानिकता र पूर्ण जानकारीको अभावमा एक भ्रामक सन्देशले यो विविधतापूर्ण देशमा कति ठूलो समस्या सिर्जना गर्नसक्छ, तपाईं बुझ्न सक्नुहुनेछ।
एक आकलनअनुसार भारतमा 20 करोड़ स्मार्ट फोन छन्। तपाईंले  माथि निर्भर जनसङ्ख्याको अनुमान पनि लगाउन सक्नुहुनेछ। यसमा एउटा ठूलो भाग अशिक्षित अथवा अल्पसाक्षर हुनु, यस्ता भ्रामक सन्देशहरूको सहजै शिकार हुनु हो। जागरूकताको कमीले धेरैपटक कानून व्यवस्थामा समस्या सिर्जना गर्नेगर्छ। उदाहरणका लागि कराचीको एक भिडियो भाइरल भएको प्रभावस्वरूप भारतका धेरै भागमा मानिसहरूद्वारा बच्चा चोर ठानेर देशका धेरै ठाउँ हिंसक घटनाहरू भए। यस्तै भारत विश्वका ती चयनित देशहरूमध्ये एउटा हो, जहाँ चिकित्साको एक प्रामाणिक पद्धतिको सट्टा विविध विकल्प र एलोप्याथिक उपचार अत्यधिक महँगो भएकोले आममानिसहरूमा यसप्रति वितृष्णाजस्तै छ। यस्तै प्रवृत्तिले यहाँनीमहकिम’ –लाई प्रश्रय दिन्छ, जुन कालान्तरमा मानिसहरूको जीवनमै विपद बन्नेगर्छ। यसैले समय रहँदै कुनै पनि उपचार अपनाउनभन्दा अघि एकपटक विश्वस्त तरिकाले तथ्यको जाँच गर्नु आवश्यक छ।
राजनीतिक मसला होस् अथवा सामाजिक या चिकित्सकीयकीर्ते समाचारले एक वैश्विक समस्याको रूप लिइसकेको छ। भारत यसलाई लिएर जुनै पनि किन उति गम्भीर नहोस्, तर धेरै देशमा समय रहँदै यसमाथि अङ्कुश लगाउने पहल शुरु भइसकेको छ। फ्रान्समा कीर्ते समाचारविरुद्ध एक नयाँ बिल ल्याइँदैछ, जसमा कुनै समाचार झूटो प्रमाणित भएमा सरकारले ती मीडिया प्रतिष्ठानमाथि प्रतिबन्ध लगाउन सक्छ। यसका साथै सोशल नेटवर्किङ साइटमा पनि जिम्मेदारी थोप्नेछ, यस्ता भ्रामक खबर प्रसारित भएमा यसको जानकारी सरकारलाई दिइयोस् तथा आफ्नो कार्वाही सावर्जनिक गरियोस्। ब्रिटेन, इटली, जर्मनी, मलेशिया आदिजस्ता धेरै देशले अहिले यो दिशामा ठोस पहल गरिरहेका छन्। ढिलोछिट्टो भारतमा पनि यो कार्वाही हुनेछ, तर यसको प्रभावी हुनु जनताको जागरूकता र सहयोगमाथि नै निर्भर गर्नेछ। यसैले जनता समय रहँदै यो दिशामा जागरूक हुनु, इन्टरनेटमा उपलब्ध प्रत्येक कुरालाई सत्य सम्झिएर अन्धविश्वास नगर्नु तथा जानी बुझी सत्यलाई परख गरेर मात्र सही निर्णय लिनु अनिवार्य छ। जानकारी र सावधानीमा नै तपाईंहाम्रो सुरक्षानिहित छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here