के साँच्चै आर्टिफिशल इन्टेलिजेन्सले भविष्य परिवर्तन गर्नेछ ?

0
1673

जसै जसै हामी भविष्यतिर बढ़िरहेका छौं, हाम्रो टेक्नोलजी पनि द्रूत गतिमा विकास भइरहेको छ। यति मात्र होइन बिस्तारै टेक्नोलजीको भविष्य पनि परिवर्तन भइरहेको छ।
एउटा यस्तै टेक्नोलजी छ, आर्टिफिशल इन्टेलिजेन्स। जबदेखि आर्टिफिशल इन्टेलिजेन्स शुरु भयो, मानिसले टेक्नोलजीलाई एक नयाँ आयाम दिन शुरु गरे। आज स्वीकारिँदैछ, आर्टिफिशल इन्टेलिजेन्स भविष्यलाई परिवर्तन गर्ने टेक्नोलजी हो।
चारैतिर आर्टिफिशल इन्टेलिजेन्स
आर्टिफिशल इन्टेलिजेन्सको नाम सुन्दा लाग्छ, यो धेरै ठूलो टेक्नोलजी हो। यद्यपि आजको जमाना हाम्रा ससाना कुराहरूमा आर्टिफिशल इन्टेलिजेन्स छ। खाली यसको  अनुमान हामीलाई छैन। आज हाम्रो फोनदेखि लिएर अनलाइन शपिङ वेबसाइटसम्म आर्टिफिशल इन्टेलिजेन्सको प्रयोग हुन्छ। धेरैजसो फोन निर्माता कम्पनी आफ्नो फोनमा आर्टिफिशल इन्टेलिजेन्स रहेको क्यामेरा लगाउँछन्। यसलाई लगाएपछि प्रयोगकर्ताले कुनै पनि काम आफै गर्नु पर्दैन। क्यामेराले आफै बुझ्छ, कति प्रकाशको आवश्यकता छ? किन अवस्थामा कस्तो सेटिङ्ग्स चाहिन्छ। सबै काम क्यामेराको आर्टिफिशल ब्रेनले गर्छ। यो त केवल फोनको कुरा हो, तर आर्टिफिशल इन्टेलिजेन्स यसबाहेक अन्य स्थानमा पनि प्रयोग हुन्छ।
आजभोलि फोनमा पर्सनल असिस्टेन्टको सुविधा आउन थालेको छ। गुगल असिस्टेन्ट र सिरी यसमा प्रसिद्ध छन्। यी दुवैले आर्टिफिशल इन्टेलिजेन्सको रूपमा काम गर्छन्। यिनीहरूको काम फोन प्रयोगकर्ताको प्रश्नको सबैभन्दा राम्रो उत्तर दिनु हो। लोकेशन खोज्नु, रिमान्डर लगाउनु, फोन गर्नु आदि। आर्टिफिशल इन्टेलिजेन्सकै कारण मुखबाट निस्केको सानो निर्देशमा गर्छ।
आर्टिफिशल इन्टेलिजेन्सको प्रयोग जस्तो प्रकारले भिडियो गेमले गर्छ, त्यस्तो अरूले गर्दैन। आजको जमानामा भिडियो गेम पहिलाभन्दा धेरै रियल भएको छ। यसलाई साँच्चैको जस्तो बनाउनुमा आर्टिफिशल इन्टेलिजेन्सकै हात छ। गेमको करेक्टर आफै सोच्छ र युजरको कमजोरी आफै निकाल्छ। यसको दिमाग केवल जित्नका चल्छ। यही कारण गेम्समा एक चुनौती अनुभव गर्छ।
धेरैजस्ता कम्पनी युजर फिडब्याकका लागि पनि आज आर्टिफिशल इन्टेलिजेन्सको प्रयोग गर्न गर्न शुरु गरेको छ। धेरै कम्पनीसँग एक च्याटिङ सिस्टम छ, जसमा युजरले आफ्नो प्रश्नको जवाब पाउँछन्। यस्ता गर्दा युजरले 24/7 घण्टा आफ्नो प्रश्नको उत्तर पाउनसक्छन्। यस्तै धेरै ठाउँ हामी दैनिक आर्टिफिशल इन्टेलिजेन्सको प्रयोग गर्छौं। यद्यपि धेरजसो मानिसहरूले यसमाथि ध्यान दिएका हुँदैनन्। यी त ससाना कुरा हुन्। यसबाहेक अन्य धेरै ठाउँ छ, जहाँबाट आर्टिफिशल इन्टेलिजेन्सले भविष्य परिवर्तन गर्नसक्छ।
सेल्फ ड्राइभिङ कार
धेरै लामो समयदेखि धेरै ठूला कम्पनीहरू आर्टिफिशल इन्टेलिजेन्स वाल सेल्फ ड्राइभिङ कार बनाउनमा लागिपरेका छन्। यसमा टेक जोइन्ट गुगलदेखि लिएर धेरै ठूला कार कम्पनीहरू सामेल छन्। यी सबै कम्पनी पर्यावरण र मानिस दुवैका लागि लाभप्रद गाड़ी बनाउन लागिपरेका छन्। यस्तो कार बनाउनुको उद्देश्य बढ़्दो सड़क दुर्घटनालाई रोक्नु हो। धेरै कार चालक गाड़ीमाथि नियन्त्रण राख्न सक्दैनन्। यस्तोमा चालकहरूले आफू तथा अन्यलाई क्षति पुर्‍याउने गर्छन्। धेरैजसो सड़कमा त मानिसहरूले आफ्नो जीवन नै गुमाउने गर्छन्। यस्तोमा आर्टिफिशल इन्टेलिजेन्स धेरै लाभदायक हुनसक्छ। सेल्फ ड्राइभिङ कारले स्पीड र अन्य कुरामा आफै नियन्त्रण गर्नसक्ने तक्निकीयुक्त बनाउने ती कम्पनीहरूको लक्ष्य छ। यस्ता कारहरूले म्याप्समा काम गर्छन्। यसैले सबैभन्दा राम्रो बाटोमा यात्रीलाई लानेगर्छ। यतिमात्र होइन, यसमा धेरै प्रकारको सेन्सर हुन्छ, जुन सेन्सरले आफू अघि चलिरहेको गाड़ीभन्दा दूरी कायम राख्छ। यस्तो हुँदा गाड़ीहरू ठोकिने सम्भावना न्यून हुन्छ। यसबाहेक यसको आर्टिफिशल इन्टेलिजेन्सले सिस्टम रोड र ट्राफिकको हिसाबले गाड़ी चलाउँछ। जसको फलस्वरूप गाड़ी कहिले अबाटो जाँदैन। यसैले मानिँदैछ, आर्टिफिशल इन्टेलिजेन्स रहेको कारले सड़कलाई पूर्ण रूपले परिवर्तन गर्नेछ।
हृदयको हालचाल सुन्ने रोबोट
धेरै मानिस छन्, जोसँग आफ्नो हृदयको कुरा बयान गर्नका लागि कोही हुँदैनन्। यस्ता मानिसहरू अन्य मानिससँग कुरा गर्न लजाउँछन्। यस्तै मानिसहरूका लागि आर्टिफिशल इन्टेलिजेन्सले भविष्यमा धेरै नयाँ प्लान लिएर आउँदैछ। धेरै कम्पनी छन्, जसले आर्टिफिशल इन्टेलिजेन्सयुक्त रोबोट बनाइरहेका छन्। यी कम्पनीहरूको उद्देश्य, तनाउ र एकलोपनको शिकार भइरहेका मानिसहरूलाई रोबोट दिनु हो। त्यस्तो रोबोट , जसले ती मानिसहरूको हृदयको कुरा र पीड़ाभाव बुझ्न सकोस्। आफू अघि बसेका व्यक्तिको मनोस्थिति कस्तो छ, त्यसलाई बुझेर कुरा गर्न सकोस्, यस्ता रोबोट। जुन मानिसहरूको कोही साथी हुँदैनन्, उनीहरूका लागि यस्ता रोबोट साँच्चै उपयोगी हुन्छ। धेरै काम लाग्न सक्छ। यसको प्रमाण चीनमा भएको एक घटनासँग मिल्छ। चीनका एक इन्जिनियरले एक रोबोट बनाएका छन्, जुन रोबोट कुरा गर्न सक्छ। त्यो रोबोट हुबहु मान्छेजस्तो त कुराकानी गर्नसक्दैन, तर केही प्रयास गर्नमा भने सक्षम छ। ती इन्जिनियर लामो समयदेखि आफ्ना लागि एक अटुट साथी खोजिरहेका थिए, यद्यपि धेरै कोशिश गर्दा पनि उनले साथी पाइरहेका थिएनन्। अन्त्यमा उनले आफ्ना लागि बनाएका रोबोटसँगै विवाह गरे। उनी भन्छन्, ‘रोबोटलाई साथी बनाउनु कुनै नराम्रो कुरा होइन।यो घटनाले के दर्शाउँछ भने भविष्यमा आर्टिफिशल इन्टेलिजेन्स भएको रोबोट एकलोपनमा बाँचिरहेका मानिसहरूको साथी बन्नमा धेरै उपयोगी हुनसक्छ।
ह्याकरहरूलाई ओंठे जवाब
मानिसले नै मशिन बनाएका हुन्, तर केही ठाउँमा मशिन मानिसहरू अघि हुन्छ। यस्तै एक ठाउँ हो- साइबर सेक्युरिटी। आजको डिजिटल दुनियाँमा ह्याकरहरूबाट आफूलाई बाँच्नु अत्यन्त कठिन कार्य भएको छ। दैनिक रूपमा ह्याकरले कति मानिसको डेटा चोर्छ। साइबर सेक्युरिटी मानिसले यसलाई रोक्न कोशिश पनि गर्छन्, तरै पनि उनीहरूले कुनै न कुनै भूल गरिपठाउँछन्। यसैले आज आर्टिफिशल इन्टेलिजेन्सद्वारा साइबर सेक्युरिटीको पनि काम गर्न शुरु गरिएको छ। किनभने आर्टिफिशल इन्टेलिजेन्स मशिन भाषालाई सबैभन्दा राम्रोगरी  बुझ्नसक्छ।
यति मात्र होइन, यसले 24/7 घण्टा नै ह्याकरबाट सिस्टमलाई बचाउने काम गर्छ। यसै कारण गुगलले Cronicle नामको आर्टिफिशल इन्टेलिजेन्स साइबर सेक्युरिटी सिस्टम बनाएको छ। यसले ठूल्ठूला टीमको काम एक सफ्टवेरले गर्नका साथै पैसा र समय पनि बाँच्नेछ। र, सुरक्षा पनि हुनेछ। यसैले भनिन्छ, आर्टिफिशल इन्टेलिजेन्स आएपछि आउने दिनमा पूर्ण रूपले इन्टरनेट सुरक्षा परिवर्तन हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here