सिक्किम पुलिसको ठूलो सफलताः सिक्किमका दुई किशोरी हरियाणाबाट उद्धार

0
1401

गान्तोक, 28 अगस्तः  पछिल्लो 14 अगस्तको दिन गान्तोकबाट कथित् रूपमा अपहरण गरिएका दुइजना किशोरीलाई गान्तोक सदर पुलिसले हरियाणाको अम्बालाबाट उद्धार गरेको छ।

सब-इन्स्पेक्टर तिलक छेत्रीको नेतृत्वमा गएको पुलिसको एउटा दलले अम्बाला पुलिसको सहयोगमा कोरोना सङ्कटकालको चुनौतीपूर्ण समयमा यस अभियानलाई पूरा गरेको हो।

सिक्किमको पुलिस दलले अपहृत दुई किशोरीलाई उद्धार गर्नका लागि आरोपीहरूलाई पक्राउ पनि गरेको छ।

प्राप्त जानकारीअनुसार 15 अगस्तको दिन सदर थानामा दुई किशोरीलाई अपहरण गरिएको रिपोर्ट दर्ता गरिएको थियो।

पुलिसले तत्कालै कारबाही शुरू गरेर कल रेकर्डबारे जाँच गर्दा उनीहरू हरियाणाको अम्बालामा रहेको पत्तो लगाएको थियो।

किशोरी उद्धारका लागि गान्तोकबाट गएको पुलिस दललाई आईआरबी, दिल्लीले पनि सहयोग गरेको थियो।

उद्धार गरिएका दुई किशोरी र पक्रा परेका तीन आरोपीलाई लिएर सिक्किम पुलिसको दल राज्य आइपुगेको छ।

पक्रा पर्ने आरोपीमध्ये एक महिला र दुई युवक छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here