जीटीएमा भ्रष्टाचारको खुलासाः जाँचको माग गर्दै बजगाइँले लेखे ममतालाई पत्र

1
1103

खरसाङ, २८ अगस्तः जीटीएमा प्रचुर मात्रा भ्रष्टाचार भएको विनय तामाङले खुलासा गरेपछि खरसाङका विधायक बीपी बजगाइँले भ्रष्टाचारको स्वतन्त्र एजेन्सीद्वारा जाँच हुनुपर्ने माग गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन्।

यो ईमेलमार्फत् पत्र पठाएको जानकारी गराएका छन्। उनले विनय तामाङले हिजो कालेबुङमा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचारको खुलासा गरेको ५७ सेकेन्डको भिडियो र ती भिडियोमा भनिएका कुरालाई नेपाली र हिन्दीमा लेखेर पठाएको जानकारी गराएका छन्।

विनय तामाङको खुलासाले धेरै गम्भीर मामिला प्रकाशमा आएको बताउँदै विधायक बजगाइँले भनेका छन्, ’सरकारले उच्च पदमा मनोनित गरिसकेका एकजना राजनेताले यसरी पत्रकार सम्मेलन गरेर खुल्ला रूपमा दार्जिलिङ पहाडमा भ्रष्टाचार भएको बताएपछि यो मामिलालाई साधारण रूपले हेरिनु हुँदैन भन्ने मेरो सदिच्छा छ। यसैले उक्त भिडियो एक जिम्मेवार राजनेताले दिएका बयान भएका हुनाले उनले लगाएका सबै आरोपमाथि जीटीएका सबै कालखण्डको स्वतन्त्र एजेन्सीद्वारा जाँच गरिनुपर्छ भनी माग गर्दै मैले अहिले भर्खरै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई इमेलमार्फत पत्र पठाएको छु। यसको हार्ड कपी भोलि डाकद्वारा पनि पठाउनेछु। साथै केन्द्र सरकारका सम्बन्धित निकायलाई पनि यसको जानकारी गराउनेछ।‘

उल्लेखनीय छ, हिजो विनय तामाङले कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएमा प्रचुर मात्रामा भ्रष्टाचार भएको, केन्द्र सरकारका योजनाहरूबाट धेरै पैसा उठाउने कार्य भइरहेको, पैसा नपाउँदा हाइवेमा गोली पड़्काउनेजस्ता काण्ड भइरहेको र शिक्षक नियुक्तिका लागि उम्मेदवारबाट बाक्लो पैसा लिइरहेका जस्ता गम्भीर खुलासा गरेका थिए। साथै आफ्नो १८ महिना जीटीए चेयरम्यान हुँदाको समय, त्यसभन्दा अघिको जीटीए र अनित थापा चेयरम्यान हुँदासम्मको जीटीएको जाँच हुनुपर्ने विनयको माग छ। उनले भ्रष्टाचारलाई लिएर विशेषगरी अनित थापालाई कठघरामा खड़ा गरेका छन्।

1 टिप्पणी

  1. भ्रष्टाचारको कुरा गर्नु हो भने लहरा तान्दा पहरा गर्जिनु पर्छ। दागोपापको समय (1988-2007), जीटीए र दागोपापको बीचको अवधि (2007-2012) र जीटीएको स्थापनादेखि (2012-2021) सम्मको जाँच हुनुपर्छ। यति मात्रै नभएर जसवन्त सिंह (2009-2014), एस एस अहलुवालिया (2014-2019) र अहिलेको राजु बिष्टको (2019-2021) सम्मको पनि जाँच हुनुपर्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here