आफ्नो प्रस्तुति राख्दै विद्यार्थी। |
दार्जीलिङ, 28 सेप्टेम्बर : शुक्रवार दार्जीलिङस्थित महारानी उच्चतर माध्यमिक विद्यालयमा विज्ञान एवं प्रविधि विभाग भारत सरकारको आयोजन तथा शिक्षा विभाग र विज्ञान एवं प्रविधि विभाग पश्चिम बङ्गाल विभागको सहयोगमा 26औं राष्ट्रिय बाल विज्ञान सम्मेलन सम्पन्न भयो। यो महकुमास्तरीय प्रतियोगितात्मक कार्यक्रममा स्थानीय 17 वटा विद्यालयले अंश ग्रहण कार्यक्रम गरेका थिए। 2018 र 2019 का लागि कार्यक्रमको प्रमुख विषय स्वच्छ स्वस्थ र हरियाली राष्ट्रका लागि विज्ञान, प्रविधि र नवन्मेषी रहेको छ। यो प्रतियोगिता लागि परितन्त्र र परितन्त्र प्रणाली , स्वास्थ्य विधि र स्वास्थ्य व्यवस्था, त्याज्य वस्तुदेखि सम्पदा, समाज, संस्कृति र आजीविका र पारम्परिक ज्ञान प्रणाली आदि विषय राखिएको थियो। प्रतियोगिताबाट छनौट भएका प्रतिभागीहरूले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।