विनयको दाबीलाई रोशनले गिरीले खारेज गर्दै विनय तामाङले भ्रमको खेती गर्नु लाजमर्दो

0
1035
गोजमुमो महासचिव रोशन गिरी (फाइल फोटो)

दार्जीलिङ,  28 सेप्टेम्बर :  गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने विषयमा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) -का अध्यक्ष विनय तामाङले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङ र भारतीय जनता पार्टीले झूट बोलिरहेको प्रमाणित भएको दाबी गरेका थिए।

विनय तामाङको यो दाबीलाई गोजमुमो महासचिव रोशन गिरीले सोझै खारेज गरेका छन्। शुक्रवार गिरीले एक विज्ञप्ति जारी गरी विनय तामाङले जनजातिको मुद्दालाई लिएर भ्रमको खेती गरिरहेको र यसो गर्नु लाजमर्दो रहेको बताएका छन्।
उनले विज्ञप्तिमा लेखेका छन्, गोर्खा जातिलाई अनुसूचित जनजाति बनाउने विषयमा विनय तामाङले भ्रमको खेती गर्नु लाजमर्दो विषय हो। विनय तामाङले सार्वजनिक गरेको महेन्द्र थामीको आरटीआईको जवाफमा नै केन्द्र सरकारको सकारात्मक मनसाय स्पष्ट छ। त्यहाँ नढाँटी भनिएको छ, दुईपटक प्रस्तावलाई आरजीआईले अवलम्बन गरेन, तर जब सिक्किम अनि गोर्खा प्रभावित राज्य तथा क्षेत्रहरूका भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, सुनुवार, थामी, याखा (देवान) अनि धिमाललाई अनुसूचित जनजाति दर्जा दिने कमिटी गठन भयो, तबदेखि यो विषय विचाराधीन छ। त्यसैले गर्दा विनय तामाङले यो प्रस्तावलाई केन्द्र सरकारले गम्भीरतासाथ पदक्षेप नलिएको आरोप लगाउनु अनि भाजपाले गोर्खाहरूको निम्ति कुनै सहानुभूति राखेको छैन भन्नु केवल आँखामा धुलो हाल्ने राजनीति हो।
आरटीआईको अन्तमा लेखिएको The Report of The Committee is Awaited – ले गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने विषय प्रक्रियाभित्र रहेको स्पष्ट हुने गिरीको दाबी छ। 
हामीले जारी गरेका प्रेस विज्ञप्तिहरूसँग आतिएर जताभावी झूट विज्ञप्ति जारी गर्नु नै विनय तामाङको वर्तमान राजनीतिको स्तर र समयलाई स्पष्ट पार्दैछ, उनले विज्ञप्तिमा लेखेका छन्। उनले आरटीआईको उक्त पत्र जनमानसमा सार्वजनिक भइसकेको र कसले झूट बोल्दैछन् भन्नु कुरामा जनता अवगत भइसकेको दाबी गरेका छन्।
विज्ञप्तिमा रोशन गिरी विनय तामाङविरुद्ध आक्रामक देखिएका छन्। विज्ञप्तिमा उनले लेखेका छन्, 105 दिनको आन्दोलनले दिएका घाउहरू अनि 13 जना शहीदको रगतले लतपतिएको कुर्सीमा बसेर विनय तामाङले गोर्खा जातिलाई सम्बोधन गर्नु भनेको विनय तामाङको महत्त्वाकांक्षाले  गोर्खा जातिको भाग्य कुल्चिएर नाङ्गो नाच नाच्नु हो। साथै विनय तामाङ आज पनि विद्यार्थीको हत्याजस्तो गम्भीर  मामिलामा उभिएर राजनीति गर्न चाहेको र यसको पुष्टि केही दिनअघि जारी गरेको प्रेस विज्ञप्तिले दिने आरोप गोजमुमो महासचिवले लगाएका छन्।
आज हामी पनि सत्तासँग सम्झौता गरेर बसेको भए विनय तामाङ सम्झौताको हड्डी चुसेर हामीसँग बसेको हुनेथियो, तर हामीले जनताको आकांक्षालाई साथ दियौं। विनय तामाङ जनताको आकांक्षा बेचेर शहीदको रगतसरीको कुर्सीमा बसेको छ, गिरीले विज्ञप्तिमा थप लेखेका छन्, हामी भागेको होइनौं। हामीले आफूलाई बङ्गालको षड़यन्त्रबाट सुरक्षित राखेर गोर्खाको भविष्य र मुद्दालाई जोगाएका हौं। बङ्गाल सरकारले हामीविरुद्ध पुलिस प्रशासन पुलिस प्रशासनको गलत प्रयोग गरी आन्दोलन दबाउन चाहन्छ। जबकि हामीलाई जुन मुद्दा लागेको छ, त्यही एवं त्यस्तै मुद्दाहरू लागेका विनय तामाङलाई भने सत्तामा राखेको छ। यो जोखाना हेर्नुपर्ने कुरै होइन, दूधको दूध, पानीको पानी स्पष्ट छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here