कालेबुङकी युवतीको दिल्लीमा हत्या

0
1209
प्रतीकात्मक फोटो।

खरसाङ, 28 अक्टोबर : दिल्लीमा कालेबुङकी युवती लक्ष्मी छेत्री (32)-को हत्या भएको घटना प्रकाशमा आएको छ। 

हत्या भएकी युवती कालेबुङ जिल्लाको 15 माइलस्थित दलपचन्द बस्ती निवासी हुन्। आर्थिक अवस्था विपन्न रहेकी लक्ष्मी केही वर्ष अघि नोकरी गर्न भनी दिल्ली पुगेकी थिइन्।
बिहीवार उनलाई मेहराउलीस्थित 1 देशु रोडस्थित कोठामा मृत अवस्थामा पाइएको थियो। पोस्टमर्टम रिपोर्टमा लक्ष्मीको हत्या भएको खुलासा भएको छ। यद्यपि उसको हत्या कसले र के कारण गरेको हो, त्यो भने पत्तो लाग्न सकेको छैन। 
नर्थइष्ट सेलकी दार्जीलिङ प्रतिनिधि एवं समाजसेवी रेबिका राईका अनुसार पुलिसले घटनाको जाँच शुरु गरेको छ। लक्ष्मीको हत्यारालाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कठोर सजाय दिनुपर्ने मागमा उनको टोलीले  पुलिसका उच्चाधिकारी भेट गरेको पनि उनले बताएकी छन्। उनका अनुसार लक्ष्मीको अन्तिम संस्कार हिजो दिल्लीमा गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here