तस्करीबाट जोगिए दुई महिला, एसएसबीद्वारा महिला तस्कर पक्राउ

0
1335

सिलगढ़ी, 28 नोभेम्बरः वैदेशिक रोजगारीको लोभ देखाएर तस्करीका लागि भारत ल्याइएका नेपालका दुई महिलालाई बुधवार बेलुकी एसएसबीको 41औं बटालियनका जवानहरूले उद्धार गरेका छन्।

उद्धार गरिएका दुई महिलामध्ये एउटी २३ र अर्की २७ वर्षकी हुन्। दुवै विवाहित हुन्। एसएसबीका अनुसार एकजना धनकुटा जिल्लाको  वार्ड नम्बर ५ महाभारतनिवासी हुन् भने अर्की महिला तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका-९ निवासी हुन्।

जानकारीका अनुसार नेपालको गैरसरकारी सङ्गठन टाइनी ह्याण्ड्सको सहयोगमा एसएसबी जवानहरूले ती दुई महिलालाई उद्धार गरेका हुन्। यो मामिलामा एसएसबीले आशा राई गरेकी एक महिला तस्करलाई पनि पक्राउ गरेका छन्।

एसएसबी सूत्रले जानकारी गराएअनुसार पक्रा परेकी तस्कर नेपालको धनकुटानिवासी हुन्। एसएसबी सूत्रका अनुसार पक्रा परेकी यी महिला तस्कर नेपाल धनकुटानिवासी हुन्। यसअघि पनि उनले धेरै महिलाको तस्करी गरिसकेको हुनसक्ने आशङ्का गरिएको छ। यसबारे थप केरकार र अनुसन्धान भइरहेको पनि बताइएको छ।

केरकारअवधि तस्कर आशा राईले बताएअनुसार उनले काँकड़भिट्टादेखि बाघडुग्रासम्म ल्याउनका लागि प्रतिमहिला दश हजारमा लिएकी थिइन्। यसपछि दुवै महिलालाई बाघडुग्राबाट दिल्ली पुऱ्याइने योजना थियो।

दिल्ली मुनिरकामा रहेका किशोर बाजे उर्फ किशोर चेम्जोङ लिम्बूको सम्पर्क थिइन्, यी दुई महिलालाई पनि राईले लिम्बूकै हातमा पार्ने योजना थियो। किशोर बाजे उर्फ किशोर चेम्जोङ लिम्बू दिल्ली मुनिरकामा बसेर मानव तस्करी नेटवर्क चलाउने गरेको खुलिएको छ।

उल्लेखनी छ, पछिल्ला आठ दिनभित्र एसएसबीले पाँचजना नेपाली महिलालाई तस्करीमा पर्नबाट जोगाउनका साथै तीनजना आरोपी तस्करलाई पनि पक्रा गरिसकेको छ। पछिल्लो नोभेम्बर २१-को दिन एसएसबीले तस्करीमा परेका पोखरानिवासी एक महिलालाई  पानीट्याङ्की बस बिसौनीबाट उद्धार गरेको थियो भने दुई दिनअघि टाइनी ह्याण्ड्सको सहयोगमा एसएसबीले तस्करीका लागि भारत ल्याइएका चितवन र जनकपुरनिवासी दुई महिलालाई उद्धार गरेको थियो।

यो मामिलामा एसएसबीले राजु टुडु र प्रेमबहादुर तामाङ नाम गरेका दुई तस्करलाई पक्राउ गरी नेपाल प्रहरीको हातमा सुम्पेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here