जबसम्म म जिउँदो रहनेछु, बङ्गालमा सीएए लागू हुनेछैनः ममता

0
1623

कोलकाता, 28 दिसम्बरः लगातार नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिकता पञ्जी (एनआरसी) – को विरोध गरिरहेकी ममता ब्यानर्जीले आफू जिउँदो रहेसम्म बङ्गालमा सीएए लागू नहुने दाबी गरेकी  छन्।

जबसम्म म जिउँदो रहने छु, तबसम्म बङ्गालमा न नागरिकता संशोधन अधिनियम लागू हुनेछ न त कुनै डिटेन्शन सेन्टर नै बनिन्छ’, ममताले थपिन्, कुनै पनि देशवासीसँग नागरिकताजस्ता उसको अधिकार खोस्न सकिँदैन।

नैहहाटीमा एक कार्यक्रमलाई सम्बोधनलाई बङ्गालकी मुख्यमन्त्रीले यस्तो दाबी गरेकी हुन्। राज्यमा सीएए र एनआरसी कुनै पनि अवस्थामा लागू गर्न नदिने ममताले प्रतिदिन दाबी गर्दै आइरहेकी छन्।

यसका साथै उनले आफू जिउँदो रहेसम्म प्रतिदिन यसको विरोध गरिरहने बताएकी छन्। कुनै पनि नागरिक देश या राज्य छोड़ेर जानेछैनन्, उनले थपिन्, बङ्गालमा कुनै डिटेन्शन सेन्टर बन्नेछैनन्।

यसअवसरमा उनले सीएएविरुद्ध विद्यार्थीहरूको विरोध प्रदर्शनलाई समर्थन गरिन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here