सीएए र एनआरसीको विरोधमा तृणमूल कङ्ग्रेसद्वारा पहाड़मा प्रतिवाद ऱ्याली

0
1404

दार्जीलिङ, 28 दिसम्बरः नागरिकता संशोधन अधिनियम (सीएए) र राष्ट्रिय नागरिकता पञ्जी (एनआरसी)-को विरोधमा शनिवार हिल तृणमूल कङ्ग्रेसले  दार्जीलिङ, खरसाङ र कालेबुङमा र्‍याली र पथसभा आयोजन गर्‍यो।

जानकारीका अनुसार पार्टी सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आज तृणमूल कार्यकर्ताहरूले पहाड़मा सीएए र एनआरसीको विरोधमा र्‍याली र एवं पथसभाको आयोजन गरेका हुन्।

दार्जीलिङमा रेलवे स्टेशनदेखि सीएए र एनआरसीविरुद्ध व्यापक नाराबाजी गरिएको उक्त र्‍याली शहर परिक्रमा गरी चोकबजारमा आएर पथसभामा परिणत भएको थियो।

पथसभालाई हिल तृणमूल नेता राजेन मुखिया र एनबी खवासले सम्बोधन गर्दै सीएए र एनआरसीको विरोधमा पहाड़वासी  एकजुट हुने आह्वान गरे।

अर्कोतिर, पथसभापछि पार्टी कार्यालयमा स्थानीय संवाददाताहरू कुराकानी गर्दै तृणमूल नेता राजेन मुखियाले सीएए र एनआरसीबारे जनमानसलाई सचेत गराउनका लागि आज पार्टीले पहाड़मा र्‍याली निकालेको बताए।

यसका साथै यी दुई मुद्दामा पार्टीले ब्लक ब्लकमा पुगेर मानिसहरूलाई बुझाउने बताए। मुखियाले सीएएलाई देशका लागि खतरा र काले कानून बनाउँदै यसलाई केन्द्र सरकारले फिर्ता लिनुपर्ने पार्टीको टेक रहेको पनि बताए।

साथै एनआरसी र सीएए बङ्गालमा लागू भएको खण्डमा  पहाड़का गोर्खाहरूलाई नराम्रो असर पार्ने पनि बताए।

जानकारीका अनुसार खरसाङ र  कालेबुङको पथसभालाई क्रमैले प्रदीप प्रधान र राज्यसभा सांसद शान्ता छेत्रीले सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here