
गान्तोक, २८ दिसम्बरः सिक्किममा आज पर्यटक सवार वाहन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
आज साँझपख पाक्योङ जिल्लाको रोङ्लीदेखि केही माथि रोलेप र लामातेनबिचमा एसके ०१ जे ०१०२ नम्बरको यात्रुवाहक वाहन दुर्घटना हुँदा आमा र नानीले ज्यान गुमाएका छन्।
जानकारीका अनुसार वाहनमा चालकलगायत ६ जना सवार थिए ।
अन्य घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।