कोलकाता, २९ जनवरीः नागरिकता संशोधन कानून (सीएए) र राष्ट्रिय नागरिकता पञ्जी (एनआरसी) विरुद्ध प्रदर्शनअवधि मुर्शिदाबादमा दुई समूहबीच भएको हिंसक झड़पमा दुईजनाको मृत्यु भएको छ, जबकि एक अन्य पाँचजना घाइते भएका छन्।
बुधवार बिहान तृणमूल कङ्ग्रेसका नेताहरू र स्थानीय मानिसहरूबीच झड़पपछि त्यहाँ हिंसा फैलिएको हो।
जानकारीका अनुसार तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले सड़क जाम गरेर सीएए र एनआरसीविरुद्ध प्रदर्शन गरिरहेका थिए। यसको स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरेपछि दुई समूहबीच झड़प भयो।
यो झड़प बिस्तारै हिंसामा परिणत भयो, जसमा दुई जनाको मृत्यु हुनका साथै अन्य पाँचजना गम्भीर घाइते भएका छन्।
यो मामिलामा एकैजना पनि पक्रा नपरेको बताइएको छ।