दार्जीलिङ, २९ अप्रेल : दार्जीलिङ पहाड़मा वैकल्पिक शक्ति निर्माण गर्ने पहल शुरु गरेको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले स्वतन्त्र उम्मेदवार स्वराज थापालाई समर्थन जनाउने घोषणा गरेको छ।
सोमबार क्रामाकपा यस्तो घोषणा गरेको हो।
क्रामाकपा चुनाउ कमिटीका संयोजक किशोर प्रधानले जनसंवादसँग कुराकानी गर्दै भने, “क्रामाकपाले आउँदो उपचुनाउमा स्वतन्त्र उम्मेदवार स्वराज थापालाई समर्थन गर्ने घोषणा गरेको छ। उनी योग्य र एक राजनीतिक पार्टीसँग संलग्न रहेर गोर्खाल्याण्ड आन्दोलका लागि आन्दोलन गरेका अनुभवी व्यक्ति हुन्। साथै उनी दार्जीलिङ पहाड़मा सफा र स्वच्छ राजनीतिको पक्षमा छन्। यसैले हामीले उनलाई समर्थन गर्ने निर्ण गरेका हौं।”
प्रधानका अनुसार क्रामाकपाले शुरु गरेको वैकल्पिक राजनीतिक शक्तिका लागि थापा फिट हुने उम्मेदवार हुन्। उनले विधानसभाका लागि स्वराज थापा योग्य उम्मेदवार रहेकोले जनताले दार्जीलिङ विधानसभा क्षेत्रका जनताले उनको पक्षमा मतदान गर्ने कुरामा विश्वास व्यक्त गरे।