7 मईसम्म सरकारी कार्यालयहरू बन्द रहने

0
978

गान्तोक, 29 अप्रेलः सिक्किममा कोरोना सङ्क्रमण रोक्ने उपायका साथ 30 अप्रेलसम्म गरिएको सरकारी तथा सार्वजनिक उपक्रम क्षेत्रको विदालाई राज्य सरकारले आगामी 7 मईसम्मका लागि बढ़ाएको छ।

गृह विभागले आज एउटा आदेश जारी गरेर कोभिड सङ्क्रमणलाई रोक्ने उपायका रूपमा गरिएको सरकारी कार्यालय तथा सार्वजनिक उपक्रम क्षेत्रको विदालाई 7 मईसम्म विस्तार गरेको बताएको छ।

गृह विभागका प्रधानसचिव आर. तेलाङले जारी गरेको आदेशका अनुसार अति आवश्यक कार्यमा संलग्न रहेको स्वास्थ्य विभाग, पुलिस तथा अग्निशमन सेवा विभागले आ-आफ्नो कार्य जारी राख्नेछ।

विभागको आदेशका अनुसार यस विदाको अवधिमा आपतकालीन सेवा र मेडिकल सेवामा संलग्न रहेकाबाहेक अन्य सरकारी वाहन सड़कमा कुदाउन पाइने छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here