सिक्किम विश्वविद्यालयका कार्यवाहक उपकुलपति ज्योति प्रकाश तामाङको निधन

0
31

सिलगढी,  २९ अप्रेलः सिक्किम विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवम् प्रख्यात खाद्य सूक्ष्मजीवविद् ज्योति प्रकाश तामाङको निधन भएको छ ।

उनको आज बिहान लगभग ७:४० बजे सिलगढीको एक नर्सिङ होममा उपचाराधीन अवस्थामा निधन भएको हो ।

पारिवारिक सूत्रका अनुसार विश्वविद्यालयको कार्य लिएर दिल्ली गइरहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि हिजो उक्त नर्सिङ होममा भर्ना भएका थिए भने आज बिहान उनको निधन भएको हो ।

सिक्किम विश्वविद्यालयको सूक्ष्मजीवन विभागका वरिष्ठ प्राध्यापक तामाङ ६३ वर्ष पुगेका थिए । उनको पार्थिव शरीर गान्तोक लगिँदैछ ।

सिक्किम विश्वविद्यालयको सूक्ष्मजीवन विभागका वरिष्ठ प्राध्यापक तामाङ ६३ वर्ष पुगेका थिए । उनले भारतलगायत नेपाल र भुटानका हिमाली क्षेत्रका किण्वित खाद्य पदार्थ र पेय पदार्थहरूका एथ्नो- माइक्रोबायोलजी, मेटाट्याक्सोनमिक्स, मेटाजिनोमिक्सको अध्ययनमा ३९ वर्ष खर्चेका थिए ।

उनको शोधमा माइक्रोबायोम विविधता, खाद्य सुरक्षा, पोषण र प्रोबायोटिक्स सामेल थिए । उनले लगभग १५५ वटा शोध पत्र र पुस्तक प्रकाशिक गरेका छन् । दार्जिलिङको टर्नबुल स्कुलबाट स्कुले शिक्षा आर्जन गरेका तामाङले उत्तरबङ्गाल विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । त्यसपछि उनले जापान र जर्मनीमा पोस्ट डक्टरल शोध गरे ।

उनको निधनले शैक्षिक र विज्ञानको क्षेत्रमा ठुलो क्षति पुगेको छ ।

तामाङको निधनप्रति सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिँह तामाङ गोले, पूर्व मुख्यमन्त्री एवं एसडीएफका अध्यक्ष पवन चाम्लिङ, दार्जिलिङका सांसद राजु विष्ट सिटिजन एक्सन पार्टी सिक्किमका अध्यक्ष गणेश राई आदिले गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना चढाएका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here