बीपी बजगाइँको पक्राउले दार्जीलिङ अशान्त, मोर्चा समर्थकहरू सड़कमा ओर्लेर बङ्गाल प्रशासनविरुद्ध नाराबाजी

0
2174
मोर्चा समर्थकहरूले छेकेको बाटो खोल्ने प्रयास गर्दै दार्जीलिङ पुलिस।

दार्जीलिङ, २९ मई : विमल गुरुङ समर्थित १८ जना नगरपार्षद्ले दार्जीलिङ नगरपालिका बोर्ड गठनका लागि दाबी जनाएको छ। वार्ड नम्बर ६ का नगरपार्षद् नमन राईको नेतृत्वमा आज वर्तमान अध्यक्षलाई १८ जना नगरपार्षद्को नामसहित बोर्ड गठनका लागि दाबी जनाइएको हो।

यसैसँग वर्तमान बोर्ड सङ्कटमा परेको छ। अर्कोतिर यसै मामिलालाई केन्द्र गरी विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाइँलाई पुलिसले पक्राउ गरेको छ। बजगाइँ बोर्ड गठनको दाबीबारे पार्टीका कार्यकर्ताहरूसँग बैठक गर्न दार्जीलिङ पुगेका थिए। उनी नगरपालिकाबाट निस्किएलगत्तै पुलिसले पक्राउ गरेको हो। उल्लेखनीय छ, केही महिनायता बङ्गाल  प्रशासनले उनीमाथि धेरै मुद्दा लगाएको छ।

पुलिसले बजगाइँलाई पक्राउ गरेपछि दार्जीलिङको वातावरण अशान्त बनेको छ। मोर्चा कार्यकर्ताहरूले उनको पक्राउको विरोध गर्दै पुलिस प्रशासनको विरोध र विमल गुरुङको पक्षमा व्यापक नाराबाजी गरिरहेका छन्। उनीहरू सड़कमा अर्लेर विरोध गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here