छत्तीसगढ़का पहिलो मुख्यमन्त्री अजीत जोगीको निधन

0
984

रायपुर, २९ मईः छत्तीसगढ़का पूर्व मुख्यमन्त्री अजीत जोगीको शुक्रवार निधन भएको छ। उनी ७४ वर्ष पुगेका थिए।

आज अपराह्न ३:३० बजे उनको निधन भएको बताइएको छ।

छत्तीसगढ़का पहिलो मुख्यमन्त्रीसमेत रहेका उनलाई हृदयाघातका कारण अस्पतालमा भर्ना गरिएको थियो।

उनी पछिल्ला २० दिनदेखि रायपुरको एक अस्पतालमा उपचाराधीन थिए। उनको निधनको जानकारी उनका छोरो अमित जोगीले ट्वीट गरी दिएका छन्।

अजीत जोगीलाई ९ मईका दिन रायपुरको एक अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य बिग्रेपछि भेन्टिलेटरमा राखिएको थियो।

उल्लेखनीय छ, उत्तराखण्ड र झारखण्डसँगै छत्तीसगढ़ छुट्टै राज्य अस्तित्वमा आएपछि अजीत जोगी २००० देखि २००३ सम्म मुख्यमन्त्री रहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here