नक्सलबारीमा थप दुईजना कोरोना सङ्क्रमित

0
1016

सिलगढ़ी, २९ मईः सिलगढ़ीमा प्रतिदिन कोरोना सङ्क्रमणको मामिला बढ़्दै आइरहेको छ।

खरसाङ क्षेत्रमा ४ र खोरीबारीमा १ जना कोरोना सङ्क्रमित बनेको पुष्टि भएपछि नक्सलबारीमा पनि थप २ जना कोरोना सङ्क्रमित रहेको खबर प्रकाशमा आएको छ।

दार्जीलिङका जिल्लापाल एस. पन्नमबालमले पनि नक्सलबारीका २ जना कोरोना सङ्क्रमित रहेको पुष्टि गरेका छन्।

आज दुवैको रिपोर्ट पोजिटिभ आएको हो।

उनीहरू दुवैको भ्रमण विवरण दिल्ली रहेको जिल्लापालले बताएका छन्।

जानकारीका अनुसार दुवैजना प्रवासी श्रमिक हुन्। एकजना नक्सलबारी ग्राम पञ्चायतनिवासी हुन् अर्का अप्पर बाघडुग्रानिवासी हुन्।

उनीहरू केही दिनअघि दिल्लीबाट फर्केपछि नक्सलबारी खण्डअन्तर्गत हात्तीघिसाको क्वारेन्टिन सेन्टरमा थिए।

त्यहीं उनीहरूको रालको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने आज टेस्ट पोजिटिभ आएको हो।

दुवैलाई उपचारका लागि मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा भर्ना गरिएको छ।

उल्लेखनीय छ, नक्सलबारी क्षेत्रमा कोरोना सङ्क्रमित सङ्ख्या ३ पुगेको छ।

यसभन्दा अघि नक्सलबारीकै अटल चियाकमानमा एक गर्भवती महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।

अहिले ती महिला उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उपचाराधीन छन्।

अर्कोतिर आज एकैदिनमा खरसाङ क्षेत्रका ४, खोरीबारीका १ र नक्सलबारीका २ कुल ७ जना कोरोना सङ्क्रमित बनेको पुष्टि भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here