होम क्वारेन्टाइनको नियम सबैले पालन गर्नुपर्छ

0
1251

राजु बिष्ट (सांसद, दार्जीलिङ)

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको वर्तमान प्रशासक र पूर्व प्रशासक कोलकातामा सम्पन्न सर्वदलीय बैठकमा सहभागी भई पहाड़ फर्केपछि उनीहरू दुवै विभिन्न कार्यक्रममा सामेल भएपछि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) सम्बन्धित प्रतिक्रियाका लागि मलाई धेरैले पटक पटक अनुरोध गरिरहेका छन्। उनीहरूले विशेषगरी बाहिरबाट आएपछि होम क्वारेन्टाइन बस्न आवश्यक छ/छैन भन्नेबारे मलाई प्रश्न गरिरहेका छन्।

मेरो विचारमा चाहे जुनै स्थितिमा होस्, या पेशाले जुनै तहमा भए तापनि पनि सरकारले तय गरेका मेडिकल प्रोटोकल र एसओपी प्रत्येक नागरिकले अनुपालन गर्न अत्यावश्यक छ।

पछिल्लो २८ मईका दिन हवाई सेवामार्फत् म आफ्नो संसदीय क्षेत्र दार्जीलिङ फर्किनअघि ममाथि लागू हुने मेडिकल प्रोटोकल र एसओपीबारे २७ मईका दिन दार्जीलिङका जिल्लापालसँग जानकारी लिएको थिएँ। त्यसदिन जिल्लापालले एसओपी सबैका लागि लागू हुने कुरा मलाई बताएका थिए। त्यसपछि मैले सरकारको नियम अनुसार मेडिकल प्रोटोकल अनुसरण गरेँ। ३ जून २०२० का दिन म स्क्रिनिङ र स्वास्थ्य जाँचका लागि  उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल गएँ। र त्यहाँ मलाई स्ट्रिक्ट होम क्वारेन्टाइन जारी राख्न भनियो। त्यसैअनुरूप मैले १४ होम क्वारेन्टाइन कड़ाइका साथ पालन गरेँ।

म मात्र होइन, हवाई र रेल सेवामार्फत् कोलकाता, दिल्ली अथवा अन्य राज्यहरूबाट घर फर्किनेहरूका लागि पश्चिम बङ्गाल स्वास्थ्य विभागले २ मईका दिन जारी संशोधित दिशानिर्देश पालन गर्न भनिएको छ, जसमा स्ट्रिक्ट होम क्वारेन्टाइन पालन गर्नुपर्ने कुरा स्पष्ट उल्लेख छ। यसैले यस्ता दिशानिर्देशलाई पालन गर्नु सबैका लागि अनिवार्य कुरा हो।

यसैबीच, २५ मईका दिन पश्चिम बङ्गाल सरकारले जारी गरेको एसओपीलाई देखाएर जीटीए बीओएका अध्यक्ष र पूर्व अध्यक्ष होम क्वारेन्टाइन नबसेको तथा सार्वजनिक कार्यक्रमहरूमा सहभागी बनिरहेको अनोठौ घटना मिडियामार्फत् पढ़्न पाइरहेको छु।

मलाई राम्रोसँग थाह छ, नयाँ दिशानिर्देशमा पुराना दिशानिर्देशहरू स्वतः हटाइन्छ। जस्तो २५ मईका दिन जारी एसओपीमा रहेका दिशानिर्देशहरू २७ मईका दिन जारी एसओपीमा हटिएको छ। यद्यपि दुवै एसपीओमा भूमि मार्ग र हवाई मार्ग भएर राज्य आउनेहरूका लागि कुनै भिन्नता छैन। सबैलाई एसओपी लागू हुन्छ। तर जीटीएका यी दुई नेतृत्वले २७ जूनका दिन जारी दिशानिर्देशको सट्टा २५ जूनमा जारी दिशानिर्देश देखाएर होम क्वारेन्टाइन बस्नबाट तर्किरहेका छन्, जुन क्षेत्रवासीकै सुरक्षाकै लागि खतराको कुरा हो।

पक्कै पनि पश्चिम बङ्गाल सरकारले तृणमूल कङ्ग्रेसका नेताहरूलाई अरू सबैको समान कानूनको अधीनमा बस्नबाट छुट दिने निर्णय गरिसकेको छ। तर, जुनियर तृणमूल कङ्ग्रेसका यी दुई नेतालाई पनि अरू सबैजस्तै स्ट्रिक्ट होम क्वारेन्टाइनमा राखिनुपर्छ।

तृणमूल कङ्ग्रेसका नेतृत्वहरूले यस्ता गैरजिम्मेवारी, असंवेदनशील र लापरबाहीपूर्ण कार्य गर्नु भनेको जनताको सुरक्षासँग सम्झौता गर्नु हो।  मेरो सबैभन्दा ठूलो चिन्ता भनेकै यस्ता गैरजिम्मेवारीपूर्व कार्यका कारण आम जनताले सामना गर्ने खतरा हो।

यी नेतृत्वहरूका लापरबाहीका कारण भाइरसको सङ्क्रमण बढ़ेमा को जिम्मेवार हुनेछ? कोलकाता रेड जोन क्षेत्र हो। यस्ता रेड जोनबाट फर्केका नेतृत्वहरूले पुरानो मान्यतालाई देखाएर सार्वजनिक चिन्ता हटाउनुको सट्टा अरूका लागि उदाहरण प्रस्तुत गर्नुपर्छ।

एक जनप्रतिनिधिको रूपमा म सबैलाई अपील गर्दछु, कोलकाताजस्ता रेड जोनबाट यात्रा गर्ने सबैले सिफारिश गरिएको १४ दिन होम क्वारेन्टाइन नियमलाई कड़ाइका साथ पालन गरून्। यो केवल तपाईंको सुरक्षाका लागि मात्र होइन, तर तपाईंका परिवार, गाउँले र सामान्यतः क्षेत्रकै सुरक्षाका लागि हो।

त्यस्तो कठिन समयमा कसैले पनि नियम कानूनको उपहास (उल्लङ्घन) नगर्नु  राम्रो ठहर्दछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here