
सिलगढी, २९ जुलाई : हिजो (शनिवार) भारतीय जनता पार्टी त्यागेका आयुष अधिकारी अजय एड्वर्ड्सनेतृत्व इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन् ।
सिलगढीमा आज एक कार्यक्रमबिच अधिकारीले इन्डियन गोर्खा जनशक्ति फ्रन्टको झन्डा समाएका हुन् ।
यसका साथै उनलाई पार्टीको तराई-सिलगढी संयोजक नियुक्त गरिएको छ ।
यस अवसरमा इन्डियन गोर्खा जनशक्ति फ्रन्टका मुख्य संयोजक अजय एड्वर्ड्सलगायत प्रायः सबै शीर्ष नेतृत्व उपस्थित थिए ।
उल्लेखनीय छ, सिलगढीवासी आयुष अधिकारी भाजपाको युवा मोर्चाका सिलगढी जिल्ला साङ्गठनिक सचिव पदमा थिए भने हिजो उनले भाजपा छाडेको घोषणा गरेका थिए ।
