अनलक-3 को गाइलाइन्स जारीः जिम खोल्ने अनुमति, स्कूल कलेज बन्दै रहने

0
1452
फोटो साभारः टाइम म्यागजिन।

नयाँ दिल्ली, 29 जुलाईः केन्द्रिय गृह मन्त्रालयले अनलक-3 का लागि गाइडलाइन्स जारी गरेको छ। नयाँ गाइडलाइनका अनुसार 5 अगस्तदेखि योग संस्थान र व्यायामशाला (जिम) खोल्ने अनुमति दिइएको छ। यद्यपि यी संस्थानहरूमा सामाजिक दूरी र अन्य सरकारी निर्देशलाई कठोरतापूर्वक पालन गर्न भनिएको छ।

यसैगरी रात्रि कर्फ्युलाई पनि हटाइएको छ। जसका कारण अब रातिको समयमा आउजाउ गर्न सकिनेछ।

अर्कोतिर स्कूल, कलेजलगायत अन्य शैक्षिक संस्थान 31 अगस्तसम्म बन्द रहनेछन्। त्यहीं मेट्रो, सिनेमाघर, स्विमिङ पुल, थिएटर, बार, अडिटोरियम, मनोरञ्जन पार्क खोल्ने अनुमति यसपटक पनि दिइएको छैन।

यसका साथै कन्टेनमेन्ट जोनमा पूर्व झैं लकडाउन जारी रहनेछ। कन्टेनमेन्ट जोनहरूमा केवल आवश्यकीय सेवाहरूका लागि मात्र छुट रहनेछ।

गृह मन्त्रालयको गाइडलाइन्सको हिसाबले कन्टेनमेन्ट जोनको फैसला जिल्ला अधिकारीले गर्नेछन्।

मानिसहरूका भीड़ जुट्ने सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक या मनोरञ्जनसँग जड़ित ऱ्याली र कार्यक्रममाथि प्रतिबन्ध पहिला झैं रहनेछ।

स्वतन्त्रता दिवस समारोहलाई सामाजिक दूरी र अन्य हेल्थ प्रोटोकल्स (जस्तै मास्क लगाउनु) आदिसहित अनुमति दिइएको छ।

65 वर्षभन्दा माथिका वृद्ध-वृद्धा, अघिबाटै गम्भीर बिमारीले ग्रसित मानिसहरू, गर्भवती महिला र 10  वर्षभन्दा कम्ती उमेरका बालक-बालिकालाई घरभित्रै बस्ने सल्लाह दिइएको छ।

अर्कोतिर सार्वजनिक स्थानहरूमा मास्क लगाउन अनिवार्य छ। मानिसहरूको बाक्लो भीड़ रहने आयोजनमाथि रोक जारी छ। वैवाहिक कार्यक्रमहरूमा 50 भन्दा बढ़ी पहुनालाई अनुमति दिइएको छैन।

यसैगरी अन्तिम संस्कारमा 20 भन्दा बढ़ी मानिस सामेल हुनमा रोक जारी छ। सार्वजनिक स्थानमा पान, गुट्का, सुर्ती या मदिरा पिउनुमा प्रतिबन्ध लगाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here