यस वर्ष एकै किस्तीमा २० प्रतिशत बोनस दिनुपर्ने एचपीडब्ल्यूयूको माग

0
1094

दार्जीलिङ, २९ जुलाईः यस वर्ष चियाश्रमिकहरूलाई एकै किस्तीमा २० प्रतिशत बोनस दिनुपर्ने माग गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-ले गरेको छ।

यसै माग गर्दै एचपीडब्ल्यूयूले सम्बन्धित विभाग, चियाबारी मालिक , प्रबन्धकलगायत सम्बन्धित एकाइहरूमा पत्राचार गरेको छ।

यसबारे युनियनका अध्यक्ष  डी.के. गुरुङले जानकारी गराएका छन्।

उनका अनुसार कोरोना सङ्क्रमणको पहिलो लहरमा सरकारद्वारा जारी आदेशअनुसार अन्य व्यवसायहरू बन्द थिए। तर, चियाकमानमा भने कार्य सुचारू रहेको थियो। चियाश्रमिकहरूले आफ्नो ज्यानको पर्वाह नगरी मालिक मालिकहरूलाई मुनाफा दिने कार्य गरे पनि श्रमिकहरूले भने न्याय पाएनन्।

“यसपालि दोस्रो लहरमा धेरै चियाबारीमा कोरोना सङ्क्रमण बढ़ेको छ। धेरैले ज्यानसमेत गुमाएका छन्। कुनै सुरक्षाबिना नै श्रमिकहरूले आफ्नो ज्यानको पर्वाह नगरी कार्य गरेका छन्”, गुरुङले थप भनेका छन्, “यसकारण चियाश्रमिकहरूले यस वर्ष २० प्रतिशत बोनस एकमुष्ठमा पाउन पर्छ भनेर हामीले पत्राचार गरेका छौँ।”

यसबारे दार्जीलिङ पहाड़ एवं तराईका सम्पूर्ण चियाबारीमा पत्राचार गरिने कार्य भइरहेका पनि एचपीडब्ल्यूयू अध्यक्ष डी.के. गुरुङले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here