सपना बर्मन र अरपिन्दर सिंहले जिते स्वर्ण पदक

0
1304
स्वर्ण जित्ने अरपिन्दर सिंह र सपना बर्मन। 

जकार्ता, 29 अगस्त : 18औं एसियन खेलमा 11औं दिन भारतका लागि अत्यधिक खुशीपूर्ण रह्यो। ट्र्याक एन्ड फिल्ड इभेन्टमा भारतले एकपछि अर्को गरी लगातार दुई स्वर्ण जित्यो। पहिलो स्वर्ण पञ्जाबका एथलिट अरपिन्दर सिंहले ट्रिपल जम्पमा जिते। यसपछि हेट्याथलनमा सपना बर्मनले उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि 11 स्वर्ण पदक जितिन्।
ट्रिपल जम्पमा भारतकै अर्का खेलाड़ी राकेश बाबु भने छैटौं स्थानमा रहे। यो प्रतिस्पर्धामा भारतले एसियन गेम्समा 48 वर्षपछि स्वर्ण पदक जितेको हो। यसभन्दा अघि महिन्दर सिंहले सन् 1970 को एसियन गेम्समा स्वर्म पदक जितेका थिए। सपना बर्मनले एथलेटिक्समा देशका लागि पाँचौं स्वर्ण पदक जितिन्। यी एसियन खेलमा यो भारतको 11औं स्वर्ण र कुल 54 पदक हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here