सिलगढ़ीमा दुईवटा अस्वाभाविक मृत्यु

0
1179
प्रतीकात्मक फोटो।

सिलगढ़ी, 29 अगस्तः सिलगढ़ीमा दुईवटा अस्वाभाविक मृत्युको घटना प्रकाशमा आएको छ। पुलिस सूत्रका अनुसार सिलगढ़ीको सूर्यसेन कलोनीको सी ब्लकबाट एक व्यक्तिको शव झुण्डिरहेको अवस्थामा बरामद गरियो। यो घटना मङ्गलवार घटेको हो। पुलिसका अनुसार मृतकको नाम सपन पण्डित हो। परिवारका अन्य सदस्यहरूले घरमै सपन पण्डितले गलामा पासो लगाएर आत्महत्या गरिरहेको अवस्थामा भेटेका थिए। झुण्डिरहेको अवस्थामा सपनको शव पाएपछि परिवारका सदस्यहरूले तत्कालै यो घटनाको जानकारी दिए। खबर पाएपछि घटनास्थलमा पुगेको एनजेपी पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठायो। पोस्टमर्टमपछि शव परिवारका सदस्यहरूलाई सुम्पिएको पुलिसले बताएको छ। बताइँदैछ, सपन केही दिनदेखि बिरामी थिए।
अर्कोतिर, सिलगढ़ीको घोगोमालीस्थित निरञ्जननगर कलोनीमा पनि एक व्यक्तिको शव झुण्डिरहेको अवस्थामा बरामद भयो। पुलिस सूत्रले बताएअनुसार मृतकको नाम माधव महन्त हो। मृतक बाँकुड़ा जिल्ला निवासी रहेको पुलिसको भनाइ छ।
बताइँदैछ, माधव महन्त सिलगढ़ीमा एक आयुर्वेदिक कम्पनीमा काम गर्थे। निरञ्जननगर कलोनीमा उक्त कम्पनीका मालिकका घरमा उनी अन्य कर्मचारीहरूसँग रहन्थे। पुलिसले मङ्गलवार राति उक्त घरको एक कोठा माधव महन्तलाई गलामा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेट्टाइयो। पुलिसले बुधवार शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। पुलिसले घटनाको गहन जाँच शुरु गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here