दार्जिलिङ, २९ अगस्तः गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका प्रवक्ता प्रमोष्कर ब्लोनले पनि पार्टी छाड़्ने भएका छन्।
उनले भोलि एक पत्रकार सम्मेलनको आयोजन गरी गोरामुमोबाट राजीनामा दिने भएका छन्। के कारण राजीनामा दिएका हुन्, त्यसको खुलासा पत्रकार सम्मेलनमै उनले गर्नेछन्।
“भोलि म गोरामुमो पार्टीबाट राजीनामा दिँदैछु”, जनसंवादसँग टेलिफोनिक वार्तालापमा उनले थपे, “राजीनामा दिनुका कारण भोलि पत्रकार सम्मेलनमार्फत नै बताउनेछु।”
आजै दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले पनि गोरामुमो त्यागिसकेका छन्। उनले लद्दाखबाट एक भिडियो जारी गरी गोरामुमो छाडेको घोषणा गरेका हुन्।
अजय एड्वर्डले गोरामुमो त्यागेपछि प्रमोष्कर ब्लोनले मात्र होइन, तर अन्य धेरै युवा कार्यकर्ताले गोरामुमो छाड़्ने निश्चित छ।