सङ्घर्षले माथि पुगेका कमेडियन किङ्ग महमुद

0
1428
कमेडियन किङ्ग महमुद (जन्म 29 सेप्टेम्बर 1933-मृत्यु 23 जुलाई 2004)

 

(जन्मदिन विशेष)
हिन्दी सिनेमामा केही यस्ता चहकिलो अनुहार छन्, जसलाई कहिले बिर्सिनै सकिँदैन। महमुद यसमा एक हुन्। महमुदलाई दुनियाँले एक विख्यात कमेडी अभिनेता, गायक, प्रोड्युसर र निर्देशकको रूपमा चिन्छ। सधैँ सम्झिरहने गर्छ। उनले जे जति पनि भूमिका निर्वाह गरे, त्यसको छुट्टै विशेषता थियो। जोड़ दिएर भन्नपर्दा महमुदले अभिनयमा ऊर्जा थप्ने कार्य गरे। जीवन्त बनाए। महमुदले जुन उच्चता प्राप्त गरे, त्यो विरासतमा पाएको पक्कै होइन। यसका लागि उनले कठोर मिहिनेत गरे। पसिना सक्दो झारे। साधना गरे। आफैलाई तिखारे। उनले वर्ष 1945 मा फिल्‍म सन्‍यासी -बाट आफ्नो करिअरको शुरुआत गरेका थिए। यद्यपि थोरै मानिसलाई थाह होला, उनी फिल्म किस्‍मत-मा एक बाल कलाकार थिए। फिल्‍ममा उनले अशोक कुमारको बाल्यकालको भूमिका निर्वाह गरेका थिए।
सानैदेखि अभिनयमा रूचि
महमुदका पिता मुमताज अली बाम्बे टाकिज स्टुडियोमा काम गर्थे। सानैदेखि उनको लगाउ अभिनयतिर ढल्केको थियो। महमुदले ठूलो पर्दासम्म पुग्नका लागि धेरै प्रकारका साना-ठूला काम गरे। कुनै समय उनी निर्देशक राजकुमार सन्तोषीका पिता पीएल सन्तोषीका चालक पनि थिए। पछि राजकुमार सन्तोषीले उनलाई फिल्‍म अन्दाज अपना अपना–मा अभिनयको काम  दिए। बताइन्छ, निर्माता ज्ञान मुखर्जीका चालकको रूपमा पनि महमुदले काम गरेका थिए। मालिकसँग स्टुडियो जाने क्रममा उनले अन्य कलाकारहरूको अभिनयलाई नजिकबाट हेर्ने मौका पाए। धेरै जान्ने-सिक्ने र बुझ्ने अवसर पाए।
एकै टेकमा संवाद भन्थे
फिल्‍म नादान–को सुटिङअवधि अभिनेत्री मधुबालाअघि एक जुनियर कलाकारले आफ्नो संवाद दश टेकमा पनि भन्नै सकेनन्, तर महमुदले यसै संवाद एकै टेकमा भनिदिए। यसबाट निर्देशक हीरा सिंह अत्यधिक प्रभावित  भए। यो कामका लागि उनले 300 रुपियाँ पाए, जबकि एक ड्राइभरको रूपमा उनले केवल 75 रुपियाँ पाउँथे। यसपछि महमुदको फिल्मी करिअरले गति समात्यो। उनले ड्राइभर पेशा छोड़ेर एक जुनियर आर्टिस्‍टको रूपमा फिल्‍म सी.आई.डी, दो बीघा जमीन, जागृतिप्यासा जस्ता फिल्ममार्फत् आफ्नो भाग्य अज्माए, तर कुनै खासै फाइदा भएन।
परवरिशपड़ोसन –बाट माथि उठे
शुरूआती असफलताले उनलाई खासै निराश बनाएन। महमुदले हार मानेनन्। वर्ष 1958 –मा उनले फिल्म परवरिश –मा काम गरे। उनले यो फिल्ममा राज कपुरका भाइको भूमिका निर्वाह गरे। यो फिल्‍मबाट उनले धेरै सफलता प्राप्त गरे। दर्शकहरूले उनको अभिनयलाई धेरै सकारे। वर्ष 1968 –मा रिलीज भएको फिल्‍म पड़ोसन–लाई पनि दर्शकहरूले धेरै रूचाए। यो फिल्ममा उनीमाथि केन्द्रित गीत एक चतुर नार… गीत आज पनि उत्तिकै फेमस छ। यो फिल्मबाट महमुदले दर्शकहरूबाट धेरै प्रशंसा बटुले।
अमिताभलाई सहारा
महमुद कुनै समय अमिताभ बच्चनका लागि सहारा बने। यो त्यो समय हो, जब अमिताभले बलिवुडमा आफ्नो पहिचान बनाउनका लागि सङ्घर्ष गरिरहेका थिए। त्यसबेला महमुदले मुम्बईमा उनलाई आफ्नो घरको एउटा कोठा बस्नका लागि दिएका थिए। महमुदको निधनमा अमिताभ बच्चनले लेखेका थिए, – ‘‘एक अभिनेताको रूपमा मलाई स्थापित गराउन उनले सधैँ मद्दत गरे। महमुद भाइ शुरुआती दिनहरूमा मेरो करिअरको ग्राफमा मद्दत गर्नेहरूमा एक थिए। उनी पहिलो ती प्रोड्युसर थिए, जसले मलाई लीड रोल दिए, फिल्‍म बम्बे टु गोवा–मा। एकपछि अर्को गरी लगातार धेरै फिल्म फ्लप भएपछि मैले घर फर्किने निर्णय गरेको थिएँ, तर मलाई महमुद साहबका भाइ अनवरले रोकेका थिए।’’
महमुदलाई गहिरो चोट
समयले कोल्टे फेरिरहन्छ। यस्तै कोल्टे फेरिरहने एक समयले अमिताभ बच्‍चन र महमुदको सम्बन्धमा चिसोपन ल्यायो। एक इन्टरभ्युमा महमुदले भनेका थिए – ‘‘आज मेरा छोरा (अमिताभ बच्‍चन) –अघि फिल्मको लस्कर लागेको छ। जुन व्यक्तिले सफलताको उच्चता प्राप्त गर्छ, त्यस्ता व्यक्तिका दुईजना पिता हुन्छन्। एक जसले जन्म दिन्छन् र अर्को जसले सफलताको उँचाइसम्म पुऱ्याउँछन्। मैले उनलाई धेरै मद्दत गरे। जन्म दिने बच्‍चन साहब (हरिवंशराय बच्‍चन) हुन्। र पैसा कमाउन मैले सिकाए। मैले बस्नका लागि घर दिए।’’
त्यो इन्टरभ्युमा उनले अझ भनेका थिए, – ‘‘एक समय मेरो ओपन हार्ट सर्जरी भएको थियो। यसभन्दा एक साता अघि उनको पिता लड़ेका थिए। म उनको पितालाई हेर्न अमिताभको घर गए। यसको एक सातापछि मेरो ओपन हार्ट सर्जरी भयो। अमिताभ पनि आफ्ना पितालाई लिएर ब्रीच क्यान्डी अस्‍पताल आएका थिए, जहाँ म भर्ती थिए। यद्यपि उनी मलाई भेट्न आएनन्। अमिताभले देखाए, असली पिता असली पिता नै हुन्छन्। नक्कली पिता नक्कला नै। उनलाई थाहा थियो, म पनि यसै अस्पतालमा भर्ती छु। यद्यपि मैले उनलाई माफी दिए।’’ भनिन्छ, पछि उनीहरूले मनमुटाउ र भूल बुझाबुझमा सच्चाए।
चर्चित फिल्‍महरू
उनले लगभग 300 भन्दा अधिक फिल्ममा काम गरे। आफ्नो फिल्मी करिअरमा महमुदलाई तीनपटक फिल्‍म फेयर पुरस्‍कारबाट सम्मानित गरियो। उनका हिट फिल्‍महरूमा पड़ोसन‘, गुमनाम‘, पत्थर के सनम‘, बम्बे टु गोवा, प्यार किए जा, भूत बंगला, सबसे बड़ा रूपैया, नीला आकाश, अनोखी अदा  नील कमल सामेल छन्।
Top of Form

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here