मन्त्र ब्याण्डलाई सङ्गीत पुरस्कार, अनमोल गुरुङ र विमोचना लम्जेल पनि पुरस्कृत

0
1190

दार्जीलिङ, 30 जनवरीः राष्ट्रिय अनि अन्तर्राष्ट्रियस्तरमै धेरै ख्याती कमाइसकेको तथा 21 वर्षको साङ्गीतिक यात्रा तय गरिसकेको दार्जीलिङको प्रसिद्ध मन्त्र ब्याण्डले बल्ल दार्जीलिङबाट सङ्गीत पुरस्कार प्राप्त गर्न सक्यो।

पुरस्कार प्राप्त भएपछि मन्त्र ब्याण्डका गिटारवादक प्रज्ञा लामाले धेरै खुशी व्यक्त गरेका छन्।

“गत केही दिनअघि मात्रै हामीले साथीहरूसित दार्जीलिङमा म्युजिक अवार्ड किन शुरू गरिएको छैन? भन्ने विषय लिएर चर्चा गरिरहेका थियौँ। तर, यसबारे चर्चा गरेको केही दिनपछि नै दार्जीलिङको बैष्णवी प्रोडक्शनले म्युजिक दार्जीलिङ अवार्ड प्रदान गर्ने कुरा सुनेपछि धेरै खुशी लागेको थियो। त्यसमा प्रथममा नै मन्त्र ब्याण्ड पनि चयन हुँदा झनै हाम्रो हर्षको सीमा छैन”, उनले भने।

उल्लेखनीय छ, दार्जीलिङको बैष्णवी प्रोडक्शनले यसपालिदेखि म्युजिक दार्जीलिङ अवार्ड प्रदान गर्न शुरू गरेको छ। जसको प्रथममा आज बैष्णवी प्रोडक्शनले नेपाली चलचित्र आप्पाका निर्देशक, सङ्गीतकार तथा गायक अनमोल गुरुङलाई उत्कृष्ट म्युजिक भिडियोको पुरस्कार, दार्जीलिङकी नवोदित गायिका विमोचना लम्जेललाई अनि प्रख्यात ब्याण्डको पुरस्कार मन्त्र ब्याण्डलाई प्रदान गऱ्यो।

यसैबीच, आफ्नो सम्बोधनमा प्रज्ञा लामाले थपे, “मन्त्र ब्याण्ड शुरू गरिएको 21 वर्ष पूरा भइसक्यो। यस ब्याण्डलाई नेपाल तथा अन्य स्थानमा धेरैवटा पुरस्कार प्राप्त भइसक्यो, तर आजसम्म आफ्नो घरमा नै यो ब्याण्डले कुनै सम्मान पाएको थिए। तर, आज बैष्णवी प्रोडक्शनले यसको थालनी गरेको छ, यसलाई सबैले मिलेर अघितिर ठेल्नुपर्छ।”

यसै समारोहबीच, बैष्णवी प्रोडक्शनले दार्जीलिङका दिवUdगत रेकर्डिस्ट विक्रम सुब्बालाई मरणोप्रान्त लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मानित गऱ्यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here