केन्द्रले २१ दिनपछि लकडाउन नबढ़ाउने

0
1156
क्याबिनेट सेक्रटरी राजीव गौबा (फोटो साभार- एएनआई ट्विटर।)

नयाँ दिल्ली, ३० मार्चः जारी लकडाउनलाई थप नबढ़ाउने केन्द्र सरकारले स्पष्ट पारेको छ। अर्थात् २१ दिने लकडाउन सकिएपछि केन्द्र सरकारले यसलाई बढ़ाउनेछैन।

वर्तमान स्थितिलाई ध्यानमा राखेर लकडाउनलाई थप बढ़ाउन सक्ने चर्चा चुलिएको थियो। तर लकडाउन बढ़ाउने कुनै योजना नरहेको सरकारले स्पष्ट पारेको छ।

क्याबिनेट सेक्रटरी राजीव गौबाले सोमवार यस्तो जानकारी दिएका हुन्। ‘‘लकडाउन बढ़ाउने रिपोर्ट देखेर म चिकित भइरहेको छु’’, उनले थपे, ‘‘सरकारको यस्तो कुनै योजना छैन।’’

भारतमा कोरोना भाइरसको बढ़्दो सङ्क्रमणलाई हेरेर सरकारले लकडाउनलाई थप बढ़ाउनसक्ने कुरामा विचार गर्नसक्ने खबरले चर्चा पाइरहेको थियो। तर, सरकारको स्पष्टीकरणपछि लकडाउनलाई लिएर देखिएको संशय समाप्त भएको छ।

उल्लेखनीय छ, देशमा कोरोना भाइरसको बढ़्दो प्रकोपलाई ध्यानमा राखेर प्रधानमन्त्रीले पछिल्लो २४ मार्चका दिन देशव्यापी २१ दिने लकडाउनको घोषणा गर्दै नागरिकहरूलाई घरभित्रै बस्ने अपील गरेका थिए।

यसका साथै लकडाउनलाई कठोरतापूर्वक लागू गर्नका लागि केन्द्रले राज्यहरूलाई निर्देश दिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here