मृतकका परिवारप्रति मन घिसिङद्वारा समवेदना प्रकट

0
1607
मन घिसिङ (फाइल फोटो)।

दार्जीलिङ, ३० मार्चः कोरोना भाइरसको कारण ज्यान गुमाउने कालेबुङनिवासी सुनिता देवी सिंहप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले श्रद्धाञ्जली प्रकट गर्नका साथै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

सोमवार एक प्रेस विज्ञप्ति जारी गोरामुमो अध्यक्षले पीड़ित परिवारलाई केही कथित् मिडिया र सोशल मिडियाद्वारा यातना र हेलाहोंचो गरिएको कुरालाई पनि उठाउनका साथै यस्तो विपद्को बेलामा शोकाकुल परिवारलाई साथ र सहयोग गर्नुपर्ने अपील गरेका छन्।

‘यस दुःखद घड़ीमा मृतकका परिवारलाई तपाईं हाम्रो साथ चाहिएको छ। किनभने भोलिका दिनमा कोरोना भाइरसको प्रकोपमा तपाईं र मलाई पनि पर्न सक्छौं’, घिसिङले थप भनेका छन्, ‘यसकारण सचेत बनौं। सहयोगी बनौं। उनको तस्वीर सोशल मिडियामा पोस्ट नगरिदिन म अपील गर्छु। साथै उनका परिवारलाई सबैले फोनमार्फत् सान्त्वना दिनुहोस्। यस्तो दुःखद घड़ीमा तपाईं हाम्रो आत्मीयता मृतकका परिवारलाई ठूलो सहास बन्नेछ।’

अर्कोतिर उनले पहाड़वासीलाई घरभित्रै बस्ने अपील पनि गरेका छन्।

‘सरकारद्वारा जारी कोरोना भाइरसको रोकथाम र यस रोगबाट बच्न जारी गरिएका सूचना र निर्देशनलाई पालन गरौं । सरकार द्वारा जारी लकडाउन कुनै सरकारी विदा होइन’, मन घिसिङले विज्ञप्तिमा थप भनेका छन्, ‘मैदानमा क्रिकेट खेल्ने, वनभोज जाने, खोलामा माछा मार्न जाने साथै गाउँ वरिपरि भेला भएर गफ गर्नेजस्ता क्रियाकलापबाट हामी बच्नु पर्नेछ।

यसैगरी आफ्नो पार्टीको श्रमिक सङ्गठन एचपीडब्ल्यूयू, पहाड़का अन्य राजनीतिक दलहरू र केन्द्र सरकारको चियाबारी पनि लकडाउन गर्न सफल भएको बताउँदै उनले सबैप्रति आभार प्रकट गरेका छन्।

यससम्बन्धमा उनले भनेका छन्, ‘म र मेरो दलको मुख्य लक्ष्य नै यस महामारीमा सबैलाई समान न्याय पाउन् भन्ने हो। म मालिकपक्षलाई फेरि अपील गर्छु, जबसम्म कोरोना भाइरसको प्रकोप सामान्य हुँदैन, तबसम्म चियाबारी बन्द राखिदिऊन्। अहिलेको यस महामारीमा मानवता नै सर्वोपरि हो, मानवता नरहे चियाबारीको पनि केही महत्त्व रहँदैन।’

अर्कोतिर उनले केन्द्र, राज्य सरकार, सांसद राजु विष्ट, विधायक नीरज जिम्बालाई लकडाउनअवधिको श्रमिकहरूलाई दैनिक रोज र खाद्यान्न व्यक्ति गरिदिने माग गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here