दिदी अब बच्नु गाह्रो छ, तृणमूलका 40 विधायक हाम्रो सम्पर्कमा छन् : मोदी

0
1513
प्रधानमन्त्री नरेन्द्र मोदी (फाइल फोटो)।

श्रीरामपुर, 30 अप्रेल : भाजपाले चुनाउ जितेलगत्तै तृणमूल कङ्ग्रेसका 40 विधायक पार्टी छोड़ेर भाजपामा सामेल हुने प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरेका छन्।

सोमबार श्रीरामपुरमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्। “दिदी तपाईंका 40 विधायक हाम्रो सम्पर्कमा छन्। भाजपाले चुनाउलगत्तै उनीहरूले तृणमूल छोड़्नेछन्।”

यसअवधि प्रम मोदीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि भाइ-भतिजावाद गरेको आरोप पनि लगाए। मोदीको दाबीका अनुसार ममताले दिल्लीको सपना देखेर बङ्गालमा आफ्ना भदै अभिषेक ब्यानर्जीलाई स्थापित गर्न चाहन्छिन्।

‘‘दिदी दिल्ली टाढ़ा छ’’, उनले श्रीरामपुरमा आयोजित एक चुनावी ऱ्यालीलाई सम्बोधन गर्दै भने। हिजै उनले उत्तर 24 परगनाको जगदलमा पनि चुनावी सभालाई पनि सम्बोधन गरेका।

श्रीरामपुरको चुनावी ऱ्यालीमा उनले भने, ‘‘पश्चिम बङ्गालमा मुख्यमन्त्री ममता ब्यानर्जीको धरातल हल्लिसकेको छ। 23 मईमा चुनाउ परिणाम आएपछि थाह पाइनेछ, चारैतिर केवल कमलै कमल देखिनेछ। दिदी त्यतिबेला तपाईंका विधायकहरूले तपाईंहरूलाई छोड़ेर भाग्नेछन्। आज पनि तपाईँका 40 विधायक हाम्रो (भाजपाको) सम्पर्कमा छन्। दिदी अब तपाईं बच्नु गाह्रो छ। किनभने तपाईंले बङ्गालका मानिसहरूसँग विश्वासघात गर्नु भयो।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here