शारदा सुब्बाले बुझाइन् नामाङ्कन : भनिन् – 105 दिन बन्द गर्ने विनय नै हुन्

0
1201
सोमबार नामाङ्कन पत्र बुझाउँदै हिल तृणमूल नेतृ शारदा राई सुब्बा।

दार्जीलिङ, 30 अप्रेल : हिल तृणमूल नेतृ शारदा राई सुब्बाले सोमबार अचानक नामाङ्कन पत्र बुझाइन्। सुब्बा नामाङ्कन पत्र बुझाउन जिल्लापाल कार्यालय पुग्दा सबै चकित भए, किनभने उनको नामाङ्कन ‘सरप्राइज’ थियो।

यो ‘सरप्राइज’-सँग सँगै हिल तृणमूल कङ्ग्रेसभित्रको अन्तर्कलह पनि बाहिरिएको छ। लोकसभा चुनाउमा विनय तामाङपन्थी गोजमुमोले तृणमूल कङ्ग्रेसलाई समर्थन गरेको कारण विधानसभा चुनाउमा तृणमूलले विनयपन्थी गोजमुमोलाई समर्थन गरिरहेको छ।

11 अप्रेलको दिन चोकबजारको चुनावी जनसभालाई सम्बोधन गर्दै तृणमूल सुप्रिमो एवं मुख्यमन्त्री ममता ब्यानर्जीले लोकसभाको सट्टा पहाड़का तीनवटा विधानसभामा विनयपन्थी गोजमुमोलाई समर्थन गर्ने घोषणा गरेकी थिइन्।

यसैअनुरूप आउँदो विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले स्वतन्त्र उम्मेदवार विनय तामाङलाई समर्थन गरेको छ। अहिले दुवै पार्टीले संयुक्त रूपले चुनाउ प्रचार पनि गरिरहेका छन्।

यद्यपि विनय तामाङको उम्मेदवारितालाई लिएर हिल तृणमूलभित्र अन्तर्कहल रहेको स्पष्ट भएको छ। साथै हिजो शारदा राई सुब्बाले नामाङ्कन पत्र बुझाएपछि यो अन्तर्कहल स्पष्ट रूपले बाहिरिएको छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा हो भने नामाङ्कन-पत्र बुझाएपछि उनले पत्रकारहरूलाई सम्बोधन गर्दै सुब्बाले विनय तामाङमाथि जे जस्तो आरोप लगाइन्, त्यसले विनय तामाङ र विनयपन्थी गोजमुमोमा सनसनी फैलिएको छ।

उनले भनिन्, ‘‘पछिल्लो 105 दिने बन्द डाक्ने विनय तामाङ नै हुन्। किनभने त्यस समय उनी नै गोजमुमोका सहसचिव थिए। र उनले नै बन्दको घोषणा गरेका थिए। तीन महिना आन्दोलनअवधि पहाड़का जनताले जुन समस्या भोगे, त्यो उनको कारणले भोगेका हुन्।’’

उनका अनुसार विनय तामाङले चुनाउ प्रचारअवधि दार्जीलिङ पहाड़का कर्मचारीहरूलाई खुल्ला रूपमा धम्की दिइरहेको र आइतबार रिम्बिक लोधोमा पनि यसरी नै कर्मचारीहरूलाई धम्की दिएकोले आफूलो स्वतन्त्र उम्मेदवारको रूपमा चुनाउमा खड़ा हुने निर्णय गरेको स्पष्ट पारिन्। विनयको बयानलाई उनले अगणतान्त्रिक बयान र कारबाहीको संज्ञा दिँदै यस्तो बयानको आजैदेखि विरोध गर्नका लागि आफू चुनाउ लड़्नका लागि अघि पनि खुलाइन्।

‘‘हिजोसम्म मैले नामाङ्कन भर्नेछु भनेर निर्णय गरेको थिइनँ। तर हिजो रिम्बिक लोधो, र कैजलेमा चुनाउ प्रचार भविष्यमा के के विकास कार्य गर्छु भन्ने कुरा बताउनभन्दा धेरै जो दैनिक रोजमा काम गर्छ, जो सिभिक पुलिस छ, जसले जीटीएमा काम गर्छन्, शिक्षक र विभिन्न पोस्टमा रहेकाहरू, जसले उनीहरूको विरोध गर्नेछ, जसले गोजमुमो दुईको विरोध गर्नेछ, उनीहरूलाई सरुवा गर्ने विनय तामाङले खुला धम्की दिइरहेका छन्’’, उनले थपे, ‘‘कालेबुङमा पनि उनले यस्तै धम्की दिए। 24 मईपछि हेर्छु भन्दैछ। 24 मई किन पर्खिनु? आजैदेखि किन शुरु गरियोस्। यस प्रकारको अगणतान्त्रिक बयान र हाम्रै मानिसहरूलाई हेप्ने उनको व्यवहारलाई किन आजैदेखि विरोध नगरौं? किन 24 मई पर्खिनु रहनु? यसैले मैले आइतबार बेलुकी निर्मय गरेको हुँ। मैले मेरा समर्थकहरूलाई बोलाएँ। उनीहरू पनि यो कुरालाई लिएर सन्तुष्ट थिएनन्। उनीहरूकै आग्रहमा मैले स्वतन्त्र उम्मेदवारको रूपमा नामाङ्क पत्र बुझाएकी हुँ।’’

सुब्बाले पार्टी सुप्रिमो ममता ब्यानर्जीको पाइलालाई सधैँ पछ्याउने र तृणमूल कङ्ग्रेसबाट राजीनामा नदिने, तर पार्टीले कारबाही गरेको खण्डमा त्यसलाई स्वीकार गर्ने बताइन्।

यसका साथै उनले पछिल्लो आन्दोलनकालअवधि र जीटीएको बोर्ड अव् एड्मिनिस्टेटर बनेर बसेपछि विनय तामाङले तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूलाई सताएको र तृणमूल कङ्ग्रेसलाई समाप्त पार्ने कार्य गरिरहेको आरोप पनि लगाइन्।

लोकसभा चुनाउमा अमरसिंह राई तृणमूल कङ्ग्रेसका उम्मेदवार रहेकोले पार्टीको आदेशलाई शिरोपर गरी पूर्ण रूपले सघाएको स्पष्ट पारिन्।

उनका अनुसार यद्यपि आउँदो उपचुनाउमा यस्तो बाध्यता छैन। विनय तामाङ पनि स्वतन्त्र उम्मेदवार नै हुन्। शारदा सुब्बाका अनुसार उनले पार्टी सुप्रिमोलाई 1984 –मा जादवपुर संसदीय क्षेत्रबाट चुनाउ जितेर पहिलोपटक सांसद बनेकीदेखि पछ्याउँदै आएकी छन्। साथै तृणमूल कङ्ग्रेसमा सामेल हुने उनी पहाड़बाट पहिलो महिला हुन्।

यसअवधि उनले पछिल्लो आन्दोलनदेखि आजको दिनसम्म तृणमूल कङ्ग्रेसका कार्यकर्ता राजनीतिक शिकार बनिरहेको पनि बताइन्। साथै शिक्षक नियुक्ति पनि ठीक प्रकारले नभइरहेको पनि बताइन्। सुब्बाका अनुसार भोलेण्टियर नगर्ने धेरजसोले शिक्षक नियुक्ति पाएका छन्। सरकारी मापदण्डअनुसार ठीकसँग रहेकोले शिक्षक नियुक्तिमा मनमानी भएको र आगामी दिनमा यस्तै हुने दाबी गरिन्।

पत्रकारहरूसँगको कुराकानीमा उनले विनय तामाङलाई समर्थन नगर्ने स्पष्ट पार्दै पहाड़का जनताले विनय तामाङलाई भोट नदिने दाबीसमेत गरेकी छन्। यसअवधि राज्यकी मुख्यमन्त्रीले दार्जीलिङ पहाड़लाई माया गरेर यहाँ धेरै विकास गरेको पनि बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here