भाजपा कार्यकर्तामाथि हमला, 24 घण्टाभित्र दोषीहरूलाई पक्राउ नगरे बृहत् आन्दोलन गर्ने चेताउनी

0
1089
भाजपा कार्यकर्तामाथि हमला गर्ने दोषीहरूलाई पक्राउको माग गर्दै मतिगढ़ा थानामा ज्ञापन सुम्पिँदै भाजपा।

सिलगढ़ी, 30 अप्रेल : सिलगढ़ीको मतिगढ़ामा सोमवार राति भारतीय जनता पार्टीका कार्यकर्तामाथि हमला भएको घटना प्रकाशमा आएको छ। यसै हमलालाई लिएर भाजपाको तर्फबाट मङ्गलवार मतिगढ़ा थानामा एक ज्ञापन सुम्पिनका साथै उक्त हमलामा संलग्न दोषी व्यक्तिहरूलाई शीघ्र पक्राउ गरी समुचित कारबाही गर्नुपर्ने माग भाजपाले गरेको छ।

यसअवसरमा भाजपाका सिलगढ़ी साङ्गठनिक जिल्ला अध्यक्ष अध्यक्ष अभिजीत राय चौधरी पनि उपस्थित थिए।

भाजपा सूत्रबाट प्राप्त जानकारीका अनुसार हिजो राति मतिगढ़ामा उत्तम मण्डल नामक एक भाजपा कार्यकर्तालाई स्थानीय  एक होटलमा युवकहरूको एक समूहले हमला गरेको थियो। समूहमा 10 देखि 12 युवक रहेको बताइएको छ।

यसअवधि मण्डलको घरलाई लक्षित गरी गोली प्रहार गरिएको आरोप पनि उठेको छ। यो घटनाबारे जानकारी पाएपछि पुलिस उक्त होटलमा पुगेको थियो। घटना सम्बन्धमा मतिगढ़ा थानामा प्राथमिकी दर्ता गरिएको छ, यद्यपि अहिलेसम्म एकैजना आरोपीलाई पक्राउ गर्न पनि सफल बनेको छैन।

उक्त घटनामा संलग्न आरोपीहरूलाई चाँड़ोभन्दा चाँड़ो पक्राउ गर्ने मागमा आज बिहान भाजपा कार्यकर्ता र समर्थकहरू थाना पुगी मतिगढ़ा थाना प्रभारीलाई ज्ञापन सुम्पिए।

अर्कोतिर, यदि आगामी 24 घण्टाभित्र आरोपीहरूले पुलिसले पक्राउ नगरेको खण्डमा पार्टीले सड़कमा ओर्लेर बृहत् आन्दोलन गर्ने चेताउनी सिलगढ़ी जिल्ला अध्यक्ष अभिजीत राय चौधरीले दिएका छन्। उनले घटनामा संलग्न दोषीहरूलाई पुलिसले 24 घण्टाभित्र पक्राउ गर्नुपर्ने माग गरे।

“हामीले पुलिसलाई 34 घण्टाको समय दिएका छौं। यदि यो समयभित्र हमलाकारीहरूलाई पुलिसले पक्राउ नगरे, हामी पार्टीको तर्फबाट बृहत् आन्दोलन गर्नेछौ”, उनले भने। यदि कुनै ठाउँमा यस्ता घटनाहरू प्रकाशमा आएको खण्डमा उनीहहरूले यसको तीव्र विरोध गर्ने पनि चौधरीले बताए।

उल्लेखनीय छ, पछिल्ला केही समययता राज्यभरि भाजपा कार्यकर्ताहरूमाथि हमला भइरहेको घटना प्रकाशमा आइरहेको छ। आइतवार मात्र पनि डुवर्सको मदारीहाटमा एक भाजपा कार्यकर्तालाई मरिञ्जेल कुटपिट गरेको घटना प्रकाशमा आएको थियो। यो घटनामा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू संलग्न रहेको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here