गोरामुमोको सामाजिक सेवा अभियान जारी

0
1045

दार्जीलिङ, ३० अप्रेलः सामाजिक सेवा अभियानलाई जारी राखेको गोरामुमोले दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डको अगुवाइमा दार्जीलिङ पहाड़का चियाबारीका श्रमिकहरूलाई प्रतिदिन मास्क, ग्लब्स तथा दैनिक मजदुरी गरी जीवन धान्ने आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ।

विशेषगरी चियाश्रमिकहरूलाई कोरोना प्रकोपबाट बचाउन तथा विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्य राखेर गोरामुमोले यो सामाजिक सेवा अभियान शुरू गरेको हो।

यसै क्रममा आज अजय एड्वर्डकै अगुवाइमा गोरामुमोले दार्जीलिङ शाखाअन्तर्गत रमिते गाउँ, माउन्ट हर्मन, लिम्बू, केराबारी र लेप्चा बस्तीका विपन्न परिवारलाई राहतस्वरूप खाद्य सामग्री वितरण गरेको गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले जानकारी गराएका छन्।

यसैगरी आजै बेनेसबर्ग, सिङ्ला र बड़ा पुटोङ चियाबारीमा १००० मास्क र यतिनै सङ्ख्याका ग्लब्स तथा खाद्य सामग्री वितरण गरिएको पनि उनले बताएका छन्।

साम्पाङका अनुसार यसअवसरमा ती गाउँका ससाना बालक-बालिकाहरूलाई बिस्कुट, वाईवाई, चकलेट आदि पनि वितरण गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here