दार्जीलिङमा कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु

0
1189

दार्जीलिङ, ३० अप्रेलः दार्जीलिङमा थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस चन्दाले जानकारी गराएका छन्।

मृतकका उमेर ४० वर्ष रहेको बताइएको छ।

डा. चन्दाले थप बताएअनुसार मृतक पोख्रेबुङ साङ्मा चियाकमाननिवासी हुन्। तीन दिनअघि उनलाई दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको थियो भने हिजो राति करिब १० बजी मृत्यु भएको हो।

“अस्पतालमा उपचारका लागि ल्याइँदै उनको अवस्थामा सोचनीय बनिसकेको थियो। अक्सिजनको लेबल (सेच्युरेशन) धेरै कम्ती थियो”, दार्जीलिङ जिल्ला अस्पतालका स्वास्थ्य अधिकारी डा. एस. चन्दाले थपे।

उनका अनुसार ती व्यक्ति अन्य बिमारीले पनि ग्रसित थिए।

आजै कोविड प्रोटोकल्सअनुसार उनको अन्तिम संस्कार गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here