प्रधानमन्त्रीलाई बिष्टको पत्र, दार्जीलिङ पहाड़मा कोरोना जाँच प्रयोगशाला स्थापनाको अनुरोध

0
1309
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, ३० मईः दार्जीलिङ, कालेबुङ र सिलगढ़ी जिल्ला अस्पतालमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरिनुपर्ने अनुरोध गर्दै सांसद राजु बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेका छन्।

उनले यस्तो अनुरोध गर्दै हिजो अर्थात् शुक्रवार प्रधानमन्त्रीलाई पत्राचार गरेका हुन्।

पत्रमा बिष्टले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा स्थापित भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा कोरोना परीक्षणका नमूना अत्यधिक जमा भएकाले समयमै टेस्ट रिपोर्ट नआइरहेको विषयमा पनि ध्यानाकर्षित गराएका छन्।

पत्रमा उनले पछिल्लो १७ मईका दिनदेखि उत्तर बङ्गाल मेडिकलमा कोरोना जाँचका लागि पठाइएका सयौं नमूना थाँतीमा रहेकाले समयमै परीक्षण हुन नसकिरहेको बताएका छन्।

यसैले पनि दार्जीलिङ, कालेबुङ र सिलगढ़ी जिल्ला अस्पतालमा कोरोना टेस्टका लागि प्रयोगशाला स्थापित गरिनुपर्ने प्रधानमन्त्रीसमक्ष सांसदको अनुरोध छ।

‘दार्जीलिङ जिल्लामा सर्वाधिक कोभिड पोजिटिभ पाइएको छ। यी नमूनाहरू १८ मईका दिन परीक्षणका लागि पठाइएको थियो’, बिष्टले भनेका छन्, ‘मलाई डर छ, परीक्षणको ढिल्याइ हुँदा उत्तर बङ्गालमा कोरोना भाइरसका मामिला बढ़्न सक्छ।‘

अर्कोतिर, बाहिर रहेका श्रमिक, विद्यार्थी र अन्य मानिसहरू अहिलेघरी प्रतिदिन फर्किरहेकाले उनीहरूलाई कोरोना टेस्ट छिट्टो र सुनिश्टित गर्नका लागि क्षेत्रमा परीक्षण सुविधालाई बढ़ोत्तरी गर्नुपर्ने अनुरोध गरेका छन्।

सांसद राजु बिष्टले थप लेखेका छन्, ‘क्षेत्रको स्वास्थ्य पूर्वाधारको स्तरोन्नतिका लागि केन्द्र र राज्य सरकारले मेरो पटक पटकको अनुरोधलाई गम्भीरतापूर्वक विचार गर्नेछन्।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here