दार्जीलिङ, 30 मईः रिम्बिक-लोधोमा समष्टिका दुईवटा स्थानका फुटपाथको टेन्डर रद्द गर्नुपर्ने माग गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले गरेका छन्।
उनका अनुसार कोरोना महामारीको यो विषम परिस्थितिमा जनताका लागि 16 करोड़को फुटपाथभन्दा 1 करोड़को सीटी स्क्यान आवश्यक छ, ताकि कोरोना महामारीबाट मानिसहरूका ज्यान जोगाउन सकियोस्।
उक्त योजनामाथि कटाक्ष गर्दै एड्वर्डले यसलाई नेतृत्वहरूका लागि भ्रष्टाचार माध्यम मात्र रहेका बताउँदै यदि यति धेरै रकम यहाँको स्वास्थ्य क्षेत्रमा प्रयोग गरिएमा स्वास्थ्य प्रबन्धन प्रणालीमा सुधार आउने बताएका छन्।
उनले यो योजना केन्द्रको होस् या राज्यको तत्कालै रद्द गरिनुपर्ने माग पनि उनले गरेका छन्। एड्वर्डका अनुसार यसलाई क्षेत्रको प्राकृतिक सम्पदालाई उल्टै हानि पुऱ्याउनेछ। उल्लेखनी छ, जीटीएको अघिल्लो बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए)-द्वारा प्रस्तावित यी दुई फुटपाथ योजनाको राशि करिब 16 करोड़ रहेको छ।