सिलगढी, ३० मई : तेन्जिङ – हिलेरी एभरेस्ट म्याराथन अन्तर्गत २१ किलोमिटर खुला दौडमा सिलगढी बाघडुग्रानिवासी धाविका सम्झना राईले पहिलो स्थान प्राप्त गरी विजयी बनेकी छन्।
उनले यो दौड ३ घण्टा १९ मिनट ४७ सेकेन्डमा पूरा गरिन्। यसैगरी भारतकै उज्ज्वल रविचन्द्र दोस्रो भए । उनले दौड पूरा गर्न ३ घण्टा ३१ मिनट ४२ सेकेन्ड लिए । जापानी धावक सुतोमु सुगियामाले ३ घण्टा ४१ मिनट ४५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो बने।
पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको जयन्तीका अवसरमा हिजो तेन्जिङ-हिलेरी एभरेस्ट म्याराथान आयोजन गरिएको थियो।
यो दौड विभिन्न वर्गमा आयोजन गरिएको थियो।
उल्लेखनीय छ, धाविका सम्झना राईले यसभन्दा अघि पनि विभिन्न दौड प्रतियोगिता जितिसकेकी छन्।