नयाँ दिल्ली, ३० जूनः अनलक-१ समाप्त हुन एक दिनअघि केन्द्र सरकारले हिजो (सोमबार) राति अनलक-२ का लागि दिशा-निर्देश जारी गरेको छ, जुन दिशानिर्देश भोलि अर्थात् १ जुलाईदेखि प्रभावी हुनेछ।
दिशानिर्देशका अनुसार स्कूल-कलेज र कोचिङ संस्थान ३१ जुलाईसम्म बन्द रहनेछ। त्यसपछि राज्य सरकारहरूसँग विचार-विमर्षपछि नै शैक्षिक संस्थान खोल्ने फसेला लिइनेछ।
केन्द्रीय गृह मन्त्रालयको तर्फबाट जारी दिशा- निर्देशअनुसार अन्तर्राष्ट्रिय हवाई उड़ान अहिलेका लागि बन्द नै राखिएको छ। यद्यपि वन्दे भारत अभियानअन्तर्गत अन्तर्राष्ट्रिय उड़ानमा भने छुट रहेको छ।
त्यसैगरी घरेलु उड़ान र यात्रीवाहक रेल सञ्चालनको परिधिलाई चरणबद्ध ढङ्गमा बढ़ाइनेछ। तर मेट्रो रेल, सिनेमा, जिम र बार भने बन्दै रहनेछन्।
नयाँ दिशानिर्देशअनुसार राति १० बजीदेखि बिहान ५ बजीसम्म रात्रि कर्फ्यु जारी रहनेछ। यसअवधि मानिसहरूका आउजाउमा रोक लगाइएको छ। अत्यावश्यक गतिविधि र केही अन्यलाई यसबाट छुट दिइएको छ।
दिशा-निर्देशका अनुसार केन्द्र र राज्य सरकारका प्रशिक्षण केन्द्रहरू आउँदो १५ जुलाईदेखि खुल्नेछन्। यस सम्बन्धमा कार्मिक एवं प्रशिक्षण विभागद्वारा दिशा-निर्देश जारी गरिनेछ।
कण्टेनमेण्ट जोनमा ३१ जुलाईसम्म लकडाउन लागु रहनेछ। यी क्षेत्रहरूमा केवल आवश्यक सेवाहरूलाई मात्र अनुमति दिइनेछ। शिफ्टमा काम गर्नेहरूले रात्रि कर्फ्युबाट छुट पाउनेछन्।
नेशनल र स्टेट हाइवेमा यात्रु र सामानहरूका लागि यातायातको अनुमति दिइनेछ। बस, ट्रेन र विमानबाट ओर्लेर आफ्नो घर जाने मानिसहरूका लागि पनि रात्रि कर्फ्युबाट छुट छ।
दोकानहरूमा भीड़ जमा हुनबाट रोक्ने उपाय जारी रहनेछ। एकपटकमा पाँचभन्दा बढ़ी दोकानमा प्रवेशमा निषेध रहनेछ। दोकानमा प्रवेश गर्दा शारीरिक दूरीको नियममा पालन गर्नपर्नेछ। यसलगायत सामाजिक, राजनीतिक, खेल, मनोरञ्जन, शैक्षणिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरू तथा भीड़ जमा हुने समारोहको आयोजनमा रोक जारी रहनेछ।
अनलक-२ को गाइडलाइन राज्य, केन्द्रशासित प्रदेश र केन्द्रीय मन्त्रालय तथा यसका विभागहरूसँग परामर्शपछि जारी गरिएको छ।