विमल गुरुङ र रोशन गिरीको प्रोक्लेम्ड अफेन्डर सीजेएम कोर्टद्वारा फिर्ता

0
1718
रोशन गिरी र विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 29 जुलाई : दार्जीलिङ चीफ जुडिशियल म्याजिस्ट्रेटको कोर्टले गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङ र महासचिव रोशन गिरीलाई ठहर्‍याएको घोषित अपराधीको फैसलालाई सोमवार फिर्ता लिएको बचाउ पक्षका वकिल आनन्द भण्डारीले बताएका छन्।

गत 24 जूनको दिन चीफ जुडिशियल म्याजिस्ट्रेटको कोर्टले वर्तमानमा भूमिगत अवस्थामा रहेको मोर्चाका नेताद्वय गुरुङ र गिरीलाई घोषित अपराधी ठहर्‍याएको छ। कोर्टको फैसलापछि यसबारे शहरका विभिन्न स्थानमा पुलिसले जनसूचनाका लागि पोस्टरिङ गरेको थियो।

यद्यपि विमल र रोशन गिरीको एन्टिसप्टोरी बेलका लागि सर्वोच्च न्यायालयको आदेशमा कोलकाता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चमा सुनवाइ चलिरहेको बेला चीफ जुडिशियल म्याजिस्ट्रेटको कोर्टले यस्तो फैसला सुनाउनु न्यायसङ्गत नरहेको भन्दै रिकलिङ क्यान्सलेशनको याचिका दर्ता गरिएको थियो। यसै याचिकामाथि सुनवाइ गर्दै आज चीफ जुडिशियल म्याजिस्ट्रेटको कोर्टले आफ्नो पूर्व फैसलालाई फिर्ता लिएको पनि उकिल भण्डारीले बताएका छन्।

अर्कोतिर उनले बताएअनुसार दार्जीलिङको नगरपालिका भङ्ग गर्ने राज्य सरकारको निर्णयविरुद्ध विद्रोही पार्षद्हरूले उच्च न्यायालयमा दर्ता गरेको रिट याचिकाको सुनवाइ पनि अगस्त महिनामा जलपाइगढ़ी सर्किट बेञ्चमा राखिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here