बाघडुग्राकी ममता छेत्रीले कोलकातामा जितिन् स्वर्ण पदक

0
1085
स्वर्णपदकसँग ममता।

सिलगढ़ी,  30 जुलाई : बाघडुग्राकी 10 वर्षीय ममता छेत्रीले भर्खरै कोलकाताको नेताजी इण्डोर स्टेडियममा आयोजित पाँचौं  अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा  स्वर्ण पदक जितेकी छन्। कोलकाताको उक्त अन्तर्राष्ट्रिय च्याम्पियनशिपमा स्वर्ण जितेसँगै उनी दुबईमा सम्पन्न हुने आउँदो च्याम्पियनशिपका लागि पनि छनौट भएकी छन्।

बाघडुग्राको एक निजी स्कूलमा पाँचौं श्रेणीमा  अध्ययनरत् ममताले देशका विभिन्न  भागबाट आएका प्रतिभागीहरूलाई पराजित गरी स्वर्ण पदक जितेकी हुन्। 11 वर्षको आयु वर्गमा करिब  एकहजार प्रतियोगीले भाग लिएका थिए।

उक्त च्याम्पियनशिपको आयोजन अल इन्डिया सेसिन्काई सिटारियो कराते डु कोलकाताले गरेको थियो। प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने प्रतियोगीहरूलाई दुबईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा चयन गरिएको छ।

स्वर्ण पदक विजेता ममताले भनिन्, “मेरो उद्देश्य एक सफल कराते खेलाड़ी भएर देशका लागि धेरैभन्दा धेरै स्वर्ण पदक जित्नु रहेको छ। मलाई मेरी आमाले धेरै प्रेरित गर्छिन्। कराते खेललाई मैले आत्मसुरक्षाको रूपमा पनि लिएको छ। यसैमार्फत् कारण म असामाजिक तत्त्वहरूसँग लड़नु र सुरक्षित रहनु सक्छु भन्ने विश्वास पनि छ।”

आफ्नी छोरीको उललब्धिले ममताकी आमा निर्मला छेत्री अत्यधिक खुशी छिन्। उनले भनिन्, “मेरी छोरी जब तीन वर्षकी थिइन्, त्यतिबेलै उनले कराते खेलमा रुचि देखाएकी हुन्।” स्कूलमा आ-आफ्नो खेल चयन गर्दा ममताले आफ्नो रुचिको कराते खेललाई छानेको निर्मला छेत्रीको भनाइ छ।

ममताले आफ्नो स्कूलद्वारा आयोजित इन्टर क्लास टुर्नामेन्टमा पहिलोपटक स्वर्ण पदक जितेकी थिइन्। त्यसपछि सिलगढ़ी पुलिस कमिश्नरेटद्वारा आयोजित एक अन्य प्रतियोगितामा उनले रजत पदक जितेकी थिइन् भने अहिले कोलकातामा आयोजित पाँचौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here