मणिपुरमा असम राइफल्समाथि आतङ्की हमला: 3 जवान शहीद, 4 जवान गम्भीर घाइते

0
1071
साङ्केतिक फोटो।

इम्फाल, 30 जुलाईः मणिपुरमा सेनामाथि आतङ्की हमला भएको छ। यो आतङ्की हमलामा असम राइफल्सका तीन जवान शहीद भएका छन्, जबकि घाइते बनेका चार जवानको अवस्था गम्भीर रहेको बताइएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार भारत-म्यान्मार सीमा संलग्न चन्देलमा पीपुल्स लिबरेशन आर्मीका आतङ्कवादीहरूले बाटो ढुकेर असम राइफल्सका जवानमाथि हमला गरेका हुन्।

एएनआईका अनुसार आतङ्कवादीहरूले पहिला आईईडी विस्फोट गरेका थिए, त्यसपछि जवानहरूमाथि अन्धाधुन्ध गोलाबारी गरेको थियो।

घाइते सैनिकहरूलाई उपचारका  लागि इम्फालको पश्चिम जिल्लास्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here