दार्जीलिङ, 30 जुलाईः केन्द्र सरकारले आउँदो 7 अगस्तका दिन जीटीए सम्बन्धित विषयहरूमाथि समीक्षा बैठक डाकेको छ।
गृह मन्त्रालयले पश्चिम बङ्गालका गृह सचिव, जिल्लापाल दार्जीलिङ, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख सचिव, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ एक्जुकेटिभ अनि गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई उक्त बैठकमा उपस्थित रहने अनुरोध गरेको छ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ एक्जुकेटिभको नाममा पठाइएको पत्र जीटीएका प्रिन्सिपल सेक्रेटरीलाई हस्तान्तरण गरिदिने अनुरोध गरिएको छ भने सोहीअनुसार गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिलाई पठाइएको पत्र दार्जीलिङका जिल्लापाललाई हस्तान्तरण गरिदिने अनुरोध गरिएको छ।
पत्रका अनुसार बैठक नर्थ ब्लकको रूम नम्बर 119 मा 3 बजीदेखि शुरू हुनेछ, जसलाई गृह मन्त्रालयका सचिवले अध्यक्षता गर्नेछन्।