अफवाह र अड़कलबाजी नगर्ने अनुरोध गर्दै बिष्टले भने-भाजपाले सङ्कल्प-पत्रको वचनबद्धता पूरा गर्नेछ

0
946

दार्जीलिङ, 10 जुलाईः गृह मन्त्रालयले जीटीए सम्बन्धी विषयहरूका लागि समीक्षा बैठक डाकेपछि दार्जीलिङ पहाड़मा सिर्जित अन्योलबीच राजु बिष्टले भाजपाले सङ्कल्प-पत्रको प्रतिबद्धता पूरा गर्ने दाबी गरेका छन्।

यसका साथै उनले भाजपाले सङ्कल्प-पत्रमा गरेका वचनबद्धताहरू पूरा गर्ने दाबी गर्दै जनतालाई आश्वस्त पारेका छन् भने यस सम्बन्धमा कुनै अफवाह वा अड्कलबाजीमा नपर्न अनुरोध पनि गरेका छन्।

‘म तपाईंहरूको विश्वासमाथि घात गर्ने छुइनँ, न हाम्रा जनताको विश्वासलाई धोका दिने अवसर म कसैलाई दिनेछु’, उनले थप दाबी गरेका छन्।

बिष्टका अनुसार उनले गृहमन्त्रीलाई दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताका आकांक्षाहरू पूरा गर्न जीटीए असफल रहेको जानकारी अघिबाटै दिइसकेका छन्। साथै यस क्षेत्र र यहाँका जनताको आकांक्षा, समृद्धि र प्रगतिका लागि विमलपन्थी गोजमुमोलगायत सबै गठबन्धनका दलहरूलाई पक्षकार बनाएर स्थायी राजनीतिक समाधान खोज्न राजनीतिक स्तरमा त्रिपक्षीय वार्ता अविलम्ब नगरी शुरू गर्नका लागि सिफारिश गरेका छन्।

‘सबै निर्वाचित प्रतिनिधिले जीटीएबाट 2017-मा नै राजीनामा दिइसकेको स्थितिमा यसको अस्तित्व कागजमा मात्रै सिमित रहेको जानकारी पनि मैले उनलाई (गृहमन्त्रीलाई) गराएको छु’, सांसदले भनेका छन्, ‘हाल जीटीएको सञ्चालन मनोनित प्रशासकहरूको बोर्डद्वारा गरिँदैछ, जसले हाम्रो क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने कुनै वैधानिक आधार नै छैन भन्ने वास्तविकता पनि मैले गृहमन्त्रीलाई बताएको छु।’

यसैबीच सांसद राजु बिष्ट यस प्रस्तावित बैठकको महत्त्व र परिणतिबारे अड़कलबाजी गर्नको सट्टा बैठकको प्रकृति र उद्देश्यबारे थप स्पष्टीकरणको प्रतीक्षा गर्न पनि अनुरोध गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here