खरसाङ, 30 जुलाईः पछिल्ला केही दिनयता खरसाङ क्षेत्रमा कोरोना सङ्क्रमणको मामिला लगातार प्रकाशमा आइरहेको छ।
यसैक्रममा आज खरसाङ क्षेत्रमा 9 नयाँ मामिला प्रकाशमा आएको छ। खरसाङका महकुमा शासकले पनि यसको पुष्टि गरेका छन्।
कोरोना सङ्क्रमित पाइएका यी 9 जनामध्ये 7 जना खरसाङ नगरपालिका क्षेत्र तथा दुईजना पाण्डु ग्राम पञ्चायत क्षेत्रका रहेको नगरपार्षद् सुवास प्रधानले जानकारी गराएका छन्।
जानकारीका अनुसार कोरोना सङ्क्रमित पाइएकाहरूलाई उपचारका लागि त्रिवेणी कोभिड अस्पताल लगिएको छ।